सोमवार, पौष ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ पुस । पुर्वका पहिचानवादी तीन नेताले नयाँ राजनैतिक शक्ति निर्माणका लागि पहल गर्ने निर्णय गरेका छन् । प्रदेशको नामांकनको विषयमा आन्दोलन भइरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, पुर्वमन्त्रि गोपाल किराती र कृष्ण चोङबाङले नयाँ राजनैतिक शक्ति निर्माण गर्ने निर्णय गरेका हुन् ।
धरानमा पुस ९ गते भएको छलफलले कोशी नाम खारेज तथा देशव्यापी जारी पहिचान आन्दोलनलाई दृढतापूर्वक सघाउ पुर्याउने, पहिचान र समाजवाद स्थापनाका लागि तेश्रो जनआन्दोलन तयारी समिति गठन गर्न भेला आयोजना गर्ने निर्णय गरेको छ । तेश्रो जनआन्दोलन तयारी समिति गठन भेलाका लागि तीन नेताको परामर्शमा उपयुक्त मिति र स्थानमा भेला आयोजना गर्ने निर्णय गरिएको छ ।