Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलबाट सोलुखुम्बुको जुबु बस सेवा सुरु

    दिक्तेलबाट सोलुखुम्बुको जुबु बस सेवा सुरु


    • बुधवार, पौष ११ २०८०

    • नेपाल वाइड


    दिक्तेलबाट सोलुखुम्बुको जुबु बस सेवा सुरु
    दिक्तेलबाट जुबुको सुकेपोखरी पुगेको बस चालकलाई जनप्रतिनिधि तथा स्थानीयले खादा ओढाएर स्वागत गरिदै ।

    खोटाङ, ११ पुस । खोटाङको दिक्तेलबजारबाट सोलुखुम्बुको जुबु सुकेपोखरी बस सेवा सुरु गरिएको छ । खोटाङ यातायात प्रालिले दिक्तेलबाट जालपा–ऐसेलुखर्क हुँदै सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको लोखिम–जुबु–लुहारे हुँदै सुकेपोखरी बस सेवा सुरु गरेको हो ।

    दिक्तेलबाट मंगलबार जुबुको सुकेपोखरी पुगेको बस चालकलाई जनप्रतिनिधि तथा स्थानीयले खादा ओढाएर स्वागत गरेका थिए । दिक्तेलबाट दैनिक दिउँसो ३ बजे बस छुटाउने व्यवस्था मिलाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    दिक्तेलबाट बस चढेर सुकेपोखरी आउ–जाउन गर्न एकतर्फी जनही एक हजार एक सय भाडा निर्धारण गरिएको यातायत प्रालिले जनाएको छ । दिक्तेलबाट करिब सात घण्टामा सोलुखुम्बुको जुबु सुकेपोखरी पुग्न सकिने महासचिव हिङमाङले बताए ।

    सम्बन्धित समाचार