Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लोक दोहोरी गाउँदै ज्येष्ठ नागरिक दिवस मनाइए

    लोक दोहोरी गाउँदै ज्येष्ठ नागरिक दिवस मनाइए


    • बुधवार, पौष ११ २०८०

    • नेपाल वाइड


    लोक दोहोरी गाउँदै ज्येष्ठ नागरिक दिवस मनाइए
    भजन गाउँदै हिँडेको वृद्धवृद्धाको र्‍याली ।

    खोटाङ, ११ पुस । खोटाङमा लोक दोहोरी गाउँदै ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ज्येष्ठ नागरिक संघको आयोजनामा बुधबार दिक्तेलमा लोक दोहोरी गाउँदै तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो । भजन गाउँदै दिक्तेलबजार परिक्रमापछि मन्दीरडाँडामा लोक दोहोरी गाउँदै दिवस मनाइएको हो ।

    भजन गाउँदै हिँडेको वृद्धवृद्धाको र्‍याली भानुचोक, त्रिबेणीचोक, हेलीप्याड हुँदै मन्दीरडाँडा पुगेको थियो । र्‍यालीमा ज्येष्ठ नागरिक नाचगान गर्दै हिँडेका थिए । दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र् खोटाङले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै शक्तीवद्र्धक औषधि वितरण गरेको थियो ।

    ytrt.jpg

    दिवसको अबशरमा जेष्ठ नागरिकहरुद्धारा आयोजित लोक दोहोरीमा गाउँदै, नाँच्दै जेष्ठ नागरिकहरु ।

     

    सम्बन्धित समाचार