Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बनाउँदा बनाउँदै मोटरेबल पुलको फर्मा ढल्यो

    बनाउँदा बनाउँदै मोटरेबल पुलको फर्मा ढल्यो


    • बिहिवार, पौष १२ २०८०

    • नेपाल वाइड


    बनाउँदा बनाउँदै मोटरेबल पुलको फर्मा ढल्यो
    बनाउँदा बनाउँदै ढलेको इर्खुवा खोला पुलको फर्मा । तस्बीरः सामाजिक सञ्जाल

    खोटाङ, १२ पुस । भोजपुरको इर्खुवा खोलामा बनाउँदा बनाउँदै मोटरेबल पुलको गिडरको फर्मा ढलेको छ । षडानन्द नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ को सिमानामा रहेको साँघुटारस्थित इर्खुवा खोलामा निर्माणाधिन पुलको गिडरको फर्मा ढलेको हो ।

    पुस १२ गते बिहान पुलको गिडरको फर्मा ढलेको जानकारी आएको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासले बताए । कमसल जगमा टेको अड्याइएका कारण पुलको गिडरको फर्मा ढलेको अनुमान गरिएको छ ।

    फर्मा र गिडरको डण्डी बाँध्ने क्रममा टेकाले लोड थेग्न नसकेर ‘स्काफोल्डिङ फल्सवर्क’ ढलेको पुर्वाधार विकास कार्यालय, भोजपुरका निमित्त कार्यालय प्रमुख राजेश्वर महतोले बताए ।

    “त्यस्तो टेक्निकल समस्या होईन । काम गर्दागर्दै टेकाले थेग्न नसकेर स्काफोल्डिङ फल्सवर्क ढलेको हो,” महतोले भने, “दुई÷तीन दिनमा समस्या समाधान भइहाल्छ ।”

    जय धनन्जय दिव्यज्योती जेभीले भ्याट सहित ६ करोड ३० लाखमा पुल निर्माण गर्ने ठेक्का लिएको हो । २०७६ सालमा सम्झौता गरिएको पुल अझै बन्न सकेको छैन । महतोका अनुसार पुलको म्याद आगामी बैसाखसम्म छ ।

    यसअघि २०७८ मंसिरमा भोजपुरकै हतुवागढी नगरपालिका–२ र रामप्रसाद राई गाउँपालिका–५ जोड्ने पुल बनिनसक्दै भाँचिएर ढलेको थियो । 

    सम्बन्धित समाचार