शनिवार, पौष १४ २०८०
नेपाल वाइड
खोटाङ, १३ पुस । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी चर्चित भ्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्किममा भिडियो पोष्टमार्फत साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा भ्लगर राईलाई सदर प्रहरी स्टेशन गान्तोकले शनिबार नियन्त्रणमा लिएको हो ।
उनलाई अदालतमा पेश गरी आइपीसीको धारा १५३ ए/१५३ बी/५०५ (१)/५०५ (२) अन्तरगत मुद्धा दर्ता गरेर ५ दिनको प्रहरी हिरासतमा राखिएको सिक्किम क्रोनिकलले जनाएको छ ।
सत्तारुढ सिक्किम क्रान्तीकारी मोर्चाको सदस्य सिला राईले दायर गरेको एफआइआरको आधारमा उमालाई प्रहरीले पक्राउ गरेको इन्डियटुडेले समाचारमा उल्लेख गरेको छ ।
सोसल मिडिया कन्टेन्ट क्रियटरका रुपमा चर्चामा रहेकी राईले डिसेम्बर २६ मा वनझाँक्री बस्ने गुफा र डिसेम्बर २८ मा चारधाम सिक्किम घुमफिर बारे भिडियो सामग्री पोष्ट गरेको देखिन्छ ।
डिसेम्बर २४ मा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्बीर पोष्ट गरेकी उनले केही रिल र तस्बीरहरु पनि पोष्ट गरेकी छन् । तर, उनको कुनै पनि भिडियो पोष्ट वा फोटो हिंसा भड्काउने खालको देखिन्न ।
घुमफिरका क्रममा सिक्किम पुगेकी भ्लगर राई पक्राउ परेपछि किरात राई समुदायले बिनाशर्त रिहाइको माग गर्दै बिरोध गरिरहेका छन् । कतिपयले सामाजिक सञ्जालमा षडयन्त्रपुर्वक उमालाई फसाइएको दावी गरिरहेका छन् ।