Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरीमा प्रदेश १ पुःननामाकरण संघर्ष समिति गठन

    बराहपोखरीमा प्रदेश १ पुःननामाकरण संघर्ष समिति गठन


    • सोमवार, पौष १६ २०८०

    • नेपाल वाइड


    बराहपोखरीमा प्रदेश १ पुःननामाकरण संघर्ष समिति गठन
    सुवासकुमार राईको संयोजकत्वमा गठन भएको पालिका स्तरिय पुःन नामाकरण संघर्ष समिति । तस्बिरः निर्मल राईको फेसबुक

    खोटाङ, १६ पुस । खोटाङको बराहपोखरी गाउँपालिकामा प्रदेश १ पुःन नामाकरण संघर्ष समिति गठन गरिएको छ । पहिचान पक्षधर नेता तथा कार्यकर्ताको भेलाले सुवासकुमार राईको संयोजकत्वमा १०५ सदस्यीय पालिका स्तरिय पुःन नामाकरण संघर्ष समिति गठन गरिएको हो ।

    संघर्ष समितिको सह–संयोजकमा सुवासचन्द्र राई र सदस्य सचिवमा किसान राई चयन भएको प्रदेश १ पुःन नामाकरण संघर्ष समिति खोटाङका युवा परिचालन समितिका संयोजक निर्मल राईले जानकारी दिए ।

    भेलाले भुवल राईको संयोजकत्वमा १०५ सदस्यीय पहिचानका लागि युवा समुह गठन गरेको छ । समुहको सह–संयोजकमा सुजन राई र सदस्य सचिवमा डिल्लीकुमार राई चयन गरेको छ ।

    यस्तै, भुवलराज राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा भुवन श्रेष्ठ, दिपक राई, भरत राई, भविन्द राई र हर्ककुमार राई चयन भएका छन् ।

    सम्बन्धित समाचार