Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विद्यालय अनुगमन सुरु

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विद्यालय अनुगमन सुरु


    • मंगलवार, पौष १७ २०८०

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विद्यालय अनुगमन सुरु
    विद्यालय अनुगमनमा पुग्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको टोली ।

    खोटाङ, १७ पुस । शैक्षिक योजना निर्माणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय अनुगमन सुरु गरेको छ । विद्यालयको वर्तमान अवस्थाको बारेमा यथार्थ जानकारी लिनका लागि नगरपालिकाले मंगलबारदेखि विद्यालयमा टोली पठाएर अनुगमन सुरु गरेको हो ।

    विद्यालयको भौतिक अवस्था, शिक्षक दरवन्दी, विद्यार्थी संख्या, शिक्षक र विद्यार्थीको उपस्थिति दर लगायतका बारेमा जानकारी लिएर शिक्षाको गुणस्तर सुधारका क्रममा यथोचित निर्णय लिनका लागि विद्यालय अनुगमन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    १५ वडा रहेको नगरपालिकाभित्रका ९३ सामुदायीक विद्यालय अनुगमनका लागि नगर शिक्षा समितिले कम्तीमा दुई जनादेखि चार जना सम्मिलित १५ टोली परिचालन गरेको छ ।

    बुधबारसम्ममा शिक्षा समितिको टोली सबै विद्यालयमा पुगेर अनुगमन सक्ने नगरपालिकाले जनाएको छ । टोलीलाई चेकलिष्टको फर्मेट सहित विद्यालय अनुगमनमा पठाइएको छ ।

    सम्बन्धित समाचार