Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ

    हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ


    • बुधवार, पौष १८ २०८०

    • नेपाल वाइड


    हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ
    हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका श्रीमान दिपक श्रेष्ठ र श्रीमती सृजना राई ।

    खोटाङ, १८ पुस । खोटाङमा महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षकी पबित्रा तामाङको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका श्रीमान ३३ वर्षीय दिपक श्रेष्ठ र श्रीमती २५ वर्षकी सृजना राईलाई पक्राउ गरेको हो ।

    कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी दम्पत्तीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रतिवादीलाई ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पुस ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    श्रेष्ठलाई तामाङको हत्या गरी लुटपाट गरेको तथा राईलाई श्रीमानले गरेको अपराध ढाकछोपमा मतियारका रुपमा सघाएको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयमा लगेर म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । गत मंसिर १९ गते राती ८ बजेपछि घरबाट हराएकी तामाङ पुस ३ गते अन्दाजी तीन सय मिटर टाढा रहेको बर्खे गोठमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिईन् ।

    उनको शव पात्लेको पत्करले छोपिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा बिहे गर्नु अगाडिदेखि नै श्रेष्ठ र तामाङबीच सम्पर्क रहेको खुलेको छ । ससुरालीमा जेठान दाईको विहेमा जानका लागि अनलाइन सपिङ गरेको सामानको पैसा जुटाउनकालागि श्रेष्ठले तामाङको हत्या गरेको देखिएको डिएसपी खड्काले जानकारी दिए ।

    अनलाईन सपिङको सामान लिन मंसिर १९ गते दिक्तेल पुगेका श्रेष्ठ सामान नलिइ घट्ना घटाएर मात्रै राती घर पुगेको खुलेको छ । तामाङको लुटिएको सुन सहकारीमा लगेर राखेर पैसा जुटाएपछि श्रेष्ठ श्रीमती लिएर ससुराली सुंदेल पुगेका थिए ।

    मंसिर २५ गते बाक्सिलामा खाना खाएका अभियुक्त दम्पत्ती घर पुगेर मंसिर २७ गते काठमाडौं पुगेको देखिएको प्रहरीले जनाएको छ । तामाङ चार छोरीकी आमा हुन् ।

    छोरी नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि उनी नौ महिनाअघि सम्वन्ध बिच्छेद गरेर माइती घर फर्किएकी थिईन् । तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घरमा बुवाआमासँग बस्दै आएकी थिईन् ।

    सम्बन्धित समाचार