Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङः ३५ लाख २५ हजार पैसा चलाएर फिर्ता नगर्ने महिला पक्राउ

    खोटाङः ३५ लाख २५ हजार पैसा चलाएर फिर्ता नगर्ने महिला पक्राउ


    • बुधवार, पौष १८ २०८०

    • नेपाल वाइड


    खोटाङः ३५ लाख २५ हजार पैसा चलाएर फिर्ता नगर्ने महिला पक्राउ
    जिल्ला प्रहरी कार्यालय खोटाङ

    खोटाङ, १८ पुस । जिल्ला प्रहरी कार्यालय खोटाङले एकैजनाबाट ३५ लाख २५ हजार ऋण लिएर फिर्ता नगर्ने दोलखाको शैलुङ गाउँपालिका–६ फस्कुकी सुनिता खड्कालाई पक्राउ गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेललाई सुरुमा समस्या देखाउँदै र त्यसपछि सस्तोमा जग्गा दिने भन्दै ३५ लाख २५ हजार लगेर फिर्ता नगरेको मुद्धामा खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

    पैसा चलाएर फरार प्रतिवादीलाई बैंकिङ कसुर मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । हाल काठमाडौं महानगरपालिका–३१ बस्ने खड्कालाई प्रहरी वृत्त सातदोबाटोको समन्वयमा ललितपुर महानगरपालिका–१४ थसिखेलबाट पुस १७ गते पक्राउ गरिएको हो ।

    खड्काले भुजेललाई प्रलोभन देखाएर विभिन्न मितिमा गरी ३५ लाख २५ हजार पैसा लिएकी थिईन् । प्रतिवादी खड्काले सो रकम बराबरको बैंक अफ काठमाडौंको चेक दिए पनि चेक साट्न जाँदा खातामा मौज्दात रकम नभएपछि भुजेलले जिल्ला प्रहरी कार्यालयमा बैंकिङ कसुरमा जाहेरी दिएकी थिईन् ।

    अभियुक्त विरुद्ध बुधबार जिल्ला अदालत खोटाङबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार खड्काले सुरुमा व्यक्तिगत समस्या देखाउँदै भुजेलले पैसा लिएकी थिईन् । त्यसपछि काठमाडौंमा सस्तोमा जग्गा दिने भन्दै पटक–पटक पैसा लिएको खुलेको प्रहरीले जनाएको छ ।

    निम्न आर्थिक अवस्थाका भुजेलले साहुसँग ऋणपान गर्दै खड्कालाई पैसा दिएको पाइएको डिएसपी खड्काले बताए । ऋण उठाउँदै खड्कालाई दिएको पैसा नउठेपछि भुजेलको परिवार समेत बिग्रेको छ ।

    भुजेलले प्रहरी सामु साहुले पैसा दिनका लागि ‘तनाव’ दिइरहेको बताएकी छन् । ‘म आएपछि पिडित रुँदै अफिसमै आउनु भएको थियो,’ डिएसपी खड्काले भने, ‘उहाँको पैसा नउठेपछि श्रीमानसँगको सम्वन्ध नै बिग्रेको रहेछ ।’

    सम्बन्धित समाचार