Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ३७ करोड ३५ लाखको सुन्तला उत्पादन

    खोटाङमा ३७ करोड ३५ लाखको सुन्तला उत्पादन


    • मंगलवार, पौष २४ २०८०

    • नेपाल वाइड


    खोटाङमा ३७ करोड ३५ लाखको सुन्तला उत्पादन
    जन्तेढुंगाको भोर्लेमा फलेको सुन्तला ।

    खोटाङ, २३ पुस । खोटाङमा ३७ करोड ३५ लाखको सुन्तला उत्पादन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आर्थिक वर्ष ३ हजार ७३५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । एक मेट्रिक टनमा एक हजार केजी हुन्छ ।

    प्रतिकेजी सय रुपैयाँका दरले हिसाव गर्दा जिल्लामा ३७ करोड ३५ लाखको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका सुचना अधिकारी कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    हाल ८१० हेक्टरमा सुन्तला खेती लगाइएकामा ७४२ हेक्टरमा सुन्तला उत्पादन हुँदैआएको छ । यस वर्ष जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष १० मेट्रिक टनले सुन्तला उत्पादन बृद्धि भएको हो ।

    आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रोगकिरा तथा बगैंचा व्यवस्थापन गरेका कारण यस वर्ष सुन्तला उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाका किसानले धरान, धनकुटा लगायतका ठाउँबाट आउने व्यवसायीलाई बगैंचा ठेक्का दिने गरेका छन् । प्रायःजसो किसानले व्यपारीलाई एक लाखमा बगैंचा ठेक्कामा दिएको कृषि प्रशार अधिकृत पण्डितले बताए ।

    ryh.jpg

    ‘धरान, धनकुटाका व्यापारीले बगानमै आएर सुन्तला ठेक्कामा लिने गरेको छ । अरु जिल्लाको भन्दा खोटाङको सुन्तला स्वादिलो छ । स्वादिलो भएकै कारण व्यपारीले डाइरेक्ट ठेक्का लिँदोरहेछ,’ पण्डितले भने, ‘सुन्तला खेतीप्रति किसानको रुचि बढ्दो छ । आम्दानीको राम्रो माध्यम बनेका कारण छाडिसकेका किसानले समेत पुःन सुन्तला लगाइरहेका छन् । अझ राम्रो गर्छु भन्ने किसानहरु आइरहेका छन् ।’

    पहिला–पहिला किसानले सुन्तलाको रोगकिराको उपचारका लागि प्राविधिकको खोजी गर्दैनथे । अहिले सुन्तलामा समस्या देखिए कृषि प्राविधिकको खोजी गर्छन् । उपचार गर्न अघि सर्ने गरेका छन् ।

    कृषि ज्ञान केन्द्रका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा ५.२६ मेट्रिक टन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४.९० मेट्रिक टन, जन्तेढुंगा गाउँपालिकामा ५.६३ मेट्रिक टन, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५.५० मेट्रिक टन, बराहपोखरी गाउँपालिकामा ५.३६ मेट्रिक टन, खोटेहाङ गाउँपालिकामा ५.२० मेट्रिक टन, रावाबेँसी गाउँपालिकामा ५.२९ मेट्रिक टन, साकेला गाउँपालिकामा ४.५८ मेट्रिक टन, केपिलासगढी गाउँपालिकामा ४.४० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा ४.१३ मेट्रिक टन सुन्तलाको उत्पादकत्व रहेको छ । 

    सम्बन्धित समाचार