Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरण लगायतका सेवा ठप्प

    ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरण लगायतका सेवा ठप्प


    • बुधवार, पौष २५ २०८०

    • नेपाल वाइड


    ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरण लगायतका सेवा ठप्प
    इलाका प्रशासन कार्यालय खोटाङबजार ।

    खोटाङ, २५ पुस । खोटाङको ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरण लगायतका सेवा रोकिएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण एवं सिफारिस गर्ने, नावालक परिचय–पत्र प्रदान लगायतका सेवा रोकिएको हो ।

    गृह–मन्त्रालयले ईलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका लागि दिएको कायम मुकायम अवधि सकिएपछि पुस २४ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण लगायतकाका अत्यवश्यक सेवा रोकिएको नासु लक्ष्मी ढकालले बताए ।

    ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् । पुस २४ गते ईलाका प्रशासन कार्यालय पुगेका २२ जना सेवाग्राही काम नगरी फर्कनु परेको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति सभापति बाजिन्द्र बिष्टले बताए ।

    “हेल्लो सरकार ! हेल्लो गृह–मन्त्री ज्यु ! के धन्धामा हुनुहुन्छ ? दुर्गम गाउँका जनताले सेवा लिइरहेको ईलाका प्रशासन कार्यालय ऐसेलुखर्क र खोटाङबजार खाली छन् । यसको स्थायी समाधान गर्न नसक्ने कस्तो खालको प्रशासन चलाइरहनु भएको छ ?,” बिष्टले फेसबुकमा लेखेका छन्, “यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकैदिन २२ जना सेवाग्राही फर्किनु परेको दुःखद् खबर छ । कतिको, कति अप्ठ्यारो परिस्थिति हुन्छ, खोई बुझेको सरकार ?”

    सम्बन्धित समाचार