Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुस्त मनोस्थितिकी युवतीलाई करणी गरेर गर्भवती बनाउने युवा कतारबाट पक्राउ

    सुस्त मनोस्थितिकी युवतीलाई करणी गरेर गर्भवती बनाउने युवा कतारबाट पक्राउ


    • बिहिवार, पौष २६ २०८०

    • नेपाल वाइड


    सुस्त मनोस्थितिकी युवतीलाई करणी गरेर गर्भवती बनाउने युवा कतारबाट पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, २६ पुस । सुस्त मनोस्थितिकी युवतीलाई जवरजस्ती करणी गरेर फरार बनेका खोटाङका एक युवा कतारमा पक्राउ परेका छन् । शारीरिक रुपमा सुस्त मनोस्थिति अवस्थाकी युवतीलाई २०७९ चैत १६ गते करणी गरेर कतार पुगेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका २२ वर्षीय किरण राईलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेर एनसिबी दोहा कतारको समन्वयमा प्रतिवादी राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    गत पुस २५ गते कतार एअरलाईन्सको उडान नम्बर क्यूआर ६४४ बाट नेपाल ल्याइएका प्रतिबादी राईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले बिहिबार दिक्तेल पुर्‍याएको छ ।

    सुस्त मनोस्थितिकी युवतीलाई करणी गरेर गर्भवती बनाएर कतार पुगेका प्रतिवादी राई विरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    हलेसी (क) नाम दिइएको पिडित युवती गर्भवती बनेर शारीरिक परिवर्तन देखिन थालेपछि जवरजस्ती करणीमा परेको खुलेको हो । करणीपछि गर्भवती बनेकी युवतीले केही समय अघि बच्चा जन्माइसकेकी छन् ।

    सुस्त मनोस्थितिकी युवतीमाथि जवरजस्ती करणी भएको खुलेपछि आफन्तले असोज १५ गते प्रहरीलाई फस्ट इन्फरमेसन रिपोर्ट (एफआइआर) दर्ता गराएका थिए ।

    एफआइआर लगत्तै जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक संस्थाको सहयोगमा पिडितलाई काठमाडौंको एक सेफहाउसमा लगिएको थियो । सेफहाउसमा राखिएकै अवस्थामा पिडित युवतीले बच्चा जन्माएकी हुन् ।

    सुत्केरी अहिले सेफहाउसमै बसेकी छन् । डिएसपी खड्काका अनुसार एफआरआइ दर्ता गराएको बेला पिडित २७ हप्ता चार दिनकी गर्भवती दिईन् । प्रतिवादी राई वैदेसिक रोजगारीका सिलसिलामा गत बैसाख ४ गते कतार गएका थिए । उनी अलरवाबी कम्पनीको मार्केट काउण्टरमा सामान प्याकिङको काम गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

    सम्बन्धित समाचार