Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सिकुरीमा लाई प्रश्न ?

    सिकुरीमा लाई प्रश्न ?


    • शुक्रवार, पौष २७ २०८०

    • सुशीला निनाम


    सिकुरीमा लाई प्रश्न ?
    सुशीला निनाम

    सिकुरीमा लाई प्रश्न ?

     

    खोला, जंगल झरना पहाडको

    सुसेली

    चराहरुको चिरबिर

    प्रकृतिको आलापहरु संगै

    लेकबेसी गरिरहेको थिँए ।

     

    अनायास तिमी भेटियौ

    तिमिलाइ भेटेपछि

    मैले सुनीरहेको प्रकृतिको आलाप

    भन्दा बेग्लै खाल्को अझै मीठो

    एउटा आलाप सुने

    त्यही आलापले

    तान्दै तिम्रो निकट ल्याइरह्यो

    तिमी मेरो बाखाम्मा हौ

    हृदयको पहिलो प्रेमिल आलाप

    सुनाउने

     

    एक्लै एक्लै जंगल डुल्थे

    एक्लै एक्लै खोलामा खेल्थे

    तिमिलाइ भेटेपछि

    म एक्लै रहिन

    थाहै न पाई

    मेरो हृदयमा घर बनाएछौ

    तिमी मेरो वाइलुङमा हौ

    मेरो हृदयमा प्रेमको, विश्वासको

    पहिलो घर बनाउने ।

     

    सपनामा, कल्पनामा आइरहन्छौ ।

    चोमोलुङमा जस्तै

    शान्त मुस्कुराइ रहने मुहार

    आँखा भरी बसेको छ ।

    जिन्दगीको उधौली उभौली

    तिमि संगै हुन मन छ

    तिमिलाइ म संगै

    जिन्दगी को उधौली उभौली

    बिताउन मन्जुर छ ?

    सिकुरीमा ।

     

    कवयत्री सुशीला निनाम

     

    शब्दार्थ

    बाखाम्मा : मुन्दुम अनुसार संगीत को आविष्कार गर्ने पहिलो मानव (कोकु)

    वाइलुङमा : मुन्दुम अनुसार घर बनाउने पहिलो मानव (कोकु)

    सिकुरीमा : किराँती मिथक अनुसार , हेत्छाकुप्पाले जाल हान्दा बारम्बार जाल मा परेको ढुङ्गा, जुन ढुङ्गा लाई हेत्छाकुप्पाले घर लगेर राखेपछि त्यो ढुङ्गा सुन्दर महिलामा बदलिन्छ ।

    सम्बन्धित समाचार