Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को अध्यक्षमा पुनः सुरेश चयन

    ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को अध्यक्षमा पुनः सुरेश चयन


    • शुक्रवार, पौष २७ २०८०

    • नेपाल वाइड


    ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को अध्यक्षमा पुनः सुरेश चयन
    सुरेशकुमार राई

    खोटाङ, २७ पुस । ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङको अध्यक्षमा पुनः सुरेशकुमार राई चयन भएका छन् । शहीद ठूलकुमार श्रेष्ठको २६ औं स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको प्रथम सम्मेलन तथा छैठौं साधारणसभाबाट राई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

    १५ सदस्यीय प्रतिष्ठानको उपाध्यक्षमा कान्ति श्रेष्ठ, महासचिवमा कृष्ण घिमिरे, सचिवमा जीवन राई ‘संगिन’ र कोषाध्यक्षमा विष्णु कुमार राई ‘जिज्ञासा’ चयन भएका छन् ।

    सदस्यमा स्याम सुन्दर कार्की, बम बानियाँ, प्रतिक कार्की, खगेन्द्र वन, युवराज मगर, सुवती राई, गमिता राई, उर्मिला लम्साल र बन्दना तामाङलाई चयन गरिएको छ । एक जना सदस्य पछि थप गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकै कार्यालयमा सम्पन्न जिल्ला सम्मेलन तथा साधारणसभाले १९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

    सल्लाहकार समितिमा पूर्वसांसद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, प्रदेशका पुर्वमन्त्री एबं वर्तमान प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती, केन्द्रीय सल्लाहकार समिति सदस्य जसराज किराँती, वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, प्रदेश समिति उपाध्यक्ष देवान किराँती ‘पृथ्वी’, साहित्यकार प्राध्यापक डा. धनप्रसाद सुवेदी, टंक तामाङ ‘मदन’ लगायत रहेका छन् ।

    प्रतिष्ठानको संरक्षकमा संविभानसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य समिता कार्की ‘अस्मिता’ र शहीद ठूलकुमार श्रेष्ठकी श्रीमती शान्ता श्रेष्ठलाई चयन गरिएको छ । २०७५ जेठमा स्थापना गरिएको ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ले जिल्लामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

    सम्बन्धित समाचार