Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता

    दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता


    • आइतवार, पौष २९ २०८०

    • नेपाल वाइड


    दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता
    उपभोक्ता समितिलाई शिबिरको आयोजना गरेर योजना सम्झौता गराउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ ।

    खोटाङ, २९ पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५५ वटा वडा स्तरिय योजनाको उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर सम्झौता गरेको छ ।

    आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम अनुसार सबै सात वटै वडाका उपभोक्ता समितिलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेमा शिबिर आयोजना गरेर योजना सम्झौता गरेको हो ।

    योजनाको सम्झौताका लागि वडा कार्यालय, गाउँपालिका र बैंक धाउनुपर्ने झन्झट भोगिरहेका उपभोक्ता समितिको सहजताका लागि सानीमा बैंक दिप्रुङ शाखासँगको समन्वयमा एकै ठाउँमा भेला गरेर योजना सम्झौता गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले बताए ।

    सानीमा बैंक दिप्रुङ शाखाको कार्यालय डाँडागाउँको ओख्रेमा छ । सोही कारण गाउँपालिकाले उपभोक्ता समितिलाई ओख्रेमा शिबिर आयोजना गरेर योजना सम्झौता गरेको हो । योजना सम्झौताका लागि सात वटै वडाका वडाध्यक्ष, वडा सचिव, गाउँपालिकाको टोली ओख्रेमा भेला भएका थिए ।

    eaw.jpg

    योजना सम्झौतासँगै उपभोक्ता समिति बैंकमा खाता खोलेर फर्किएका छन् । आगामी बैसाखभित्र योजना सम्पन्न गर्नेगरी योजना सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चाम्लिङले बताए ।

    वडा स्तरिय योजना सम्झौताका लागि गाउँपालिकाले पुस २३ गतेदेखि पुस २६ गतेसम्म ओख्रेमा शिबिर चलाएको थियो । ‘पहिला वडा कार्यालय र पालिका पुगेपछि बैंक पुगेर खाता खोल्नुपथ्र्यो ।

    यसपल्टचैं बैंक भएको ठाउँमा वडा कार्यालय र गाउँपालिका उपस्थित भएर योजना सम्झौता गरिएको हो,’ चाम्लिङले भने, ‘योजना सम्झौता गर्नेक्रममा वडा, पालिका र बैंक धाउनुपर्ने झन्झट छ । तर शिबिरमार्फत ती सबै काम एकैचोटी सकेका छौँ । बैसाखसम्ममा योजनाको काम सक्ने लक्ष्य राखेका छौँ ।’

    सम्बन्धित समाचार