Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    टेम्पोमा छुटेको आइफोन चालकले फर्काए

    टेम्पोमा छुटेको आइफोन चालकले फर्काए


    • बुधवार, माघ ३ २०८०

    • नेपाल वाइड


    टेम्पोमा छुटेको आइफोन चालकले फर्काए
    टेम्पोमा छुटेको एक्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स फिर्ता गर्दै विकेश श्रेष्ठ ।

    धरान, ३ माघ । टेम्पोमा छुटेको एक्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स मोबाइल टेम्पो चालकले सम्बन्धीत यात्रुलाई फर्काएकाछन् । बुधबार धरान १३ स्थित जिरोपोइन्टबाट भानुचोक आउने क्रममा धरान १० निवासी सञ्चिता याक्खाको मोवाइल फिर्ता गरिएको हो ।

    को १ ह ३०९४ नम्बरको टेम्पो चालक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर सचिव समेत रहेका विकेश श्रेष्ठले करिव २ लाख बराबरको उक्त मोवाइल फिर्ता गरेकाहुन् ।

    संगठनले धरानको भानुचोकमा सञ्चालन गरेको सदस्यता विस्तार तथा नविकरणका लागि शिविर स्थलमा मोवाइल धनी याखालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईको रोहबरमा हस्तान्तरण गरिएको हो ।

    मोवाइल टेम्पोको सिटमा छुटेको रहेछ पछि थाहाभयो र फोन रिसिभ गरेर सम्बन्धीत व्यक्तलाई भानुचोकमै बोलाएर हस्तान्तरण गरिएको चालक विकेश श्रेष्ठले बताउनुभयो । मोवाइल ग्रहण गर्दै इमान्दार चालक भेटेकामा आफुलाई खुशी लागेको सञ्चिता याक्खाले बताउनुभयो ।

    सम्बन्धित समाचार