Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड सुरु


    • बुधवार, माघ ३ २०८०

    • नेपाल वाइड


    केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड सुरु
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष समिर राई । तस्बीरः चिसाङ शेर्पा

    खोटाङ, ३ माघ । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविको खेलमैदानमा बुधबारदेखि २८ स्वर्णका लागि प्रतियोगिता सुरु गरिएको हो ।

    तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १६००, ३००० मिटर दौड, चार जनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चार जनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प र भलिबलमा एक/एक स्वर्ण पदकका लागि खेल हुनेछ ।

    प्रतियोगिता केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुने छ ।

    प्रतियोगितामा प्रथम हुने विद्यालयले ४५ हजार, दोश्रो हुने विद्यालयले ४० हजार र तेश्रो हुने विद्यालयले ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    सहभागी अन्य पाँच विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप प्रतिविद्यालय २५ हजार र सहभागिताको प्रमाण–पत्र दिईने शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत सुरेन्द्र खनालले बताए । मार्च पासमा उत्कृष्ट हुने विद्यालय र अनुशासित विद्यालयलाई ५/५ हजारसहित प्रमाण–पत्र दिईनेछ ।

    एथलेटिक्स र भलिबलमा उत्कृष्ट हुने छात्रछात्रालाई ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा गाउँपालिकाका आठ वटा माविको सहभागिता रहेको छ । संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको सात लाखसहित आठ लाखमा प्रतियोगिता आयोजना गरिएको हो ।

    उक्त बजेट पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेर जिल्ला र प्रदेश स्तरीयसम्म प्रतियोगीतामा समेत खर्च गरिनेछ । प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ । जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन ।

    सम्बन्धित समाचार