Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हो ! म उल्लु मान्छे

    हो ! म उल्लु मान्छे


    • शुक्रवार, माघ ५ २०८०

    • तीर्थराज भट्टराई


    हो ! म उल्लु मान्छे
    तीर्थराज भट्टराई

    हो ! म उल्लु मान्छे

     

    धनी र गरिवको विभेद गरिन

    कमजोरी भित्र खेल्दै खेलिन

    जात भातको वास्तै गरिन

    सबै प्रति समान व्यबहार गरें

    श्रद्धाले सधैं शिर झुकाएं

    हो ! त्यसैले त म उल्लु मान्छे ।

     

    न हेरें कहिल्यै आस्था नै धेरै

    हो न परिवार र सम्पति हेरें

    र पनि फतुरको भारी बोक्नु पर्ने

    अनि खेप्नु पर्ने आलोचना र तिरस्कार

    सद्भाव र सहिष्णुता कहॅा हरायो

    यहॅा ?

    हो ! त्यसैले त म उल्लु मान्छे

     

    विश्वास माथि प्रतिघात गरिन्छ

    आफन्त कै कडा प्रहार हुन्छ

    संयमता र ममता विनाको

    कता अल्मलियो मेरो समाज ?

    खै ! खोजिरहेको छु साथ

    तर चौतर्फी भई रहेको छ प्रहार

    हो ! त्यसैले त म उल्लु मान्छे

     

    खबरदार !

    किन डगमगाउने म

    सचेत हॅुदै हात्ती लम्कि रहन्छ

    विजुली चम्की रहन्छ

    कहिल्यै झुकेन हिमालको शिर

    निष्कपट अटल अमर बगिरह्यो नदि

    सधैं अरूलाई सितलता दिई

    ठिंग ठडिई रहने वरपिपल झैं हुने म

    हो ! त्यसैले त म उल्लु मान्छे

    कवि तीर्थराज भट्टराई ।

    सम्बन्धित समाचार