Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बिजयखर्कका ५० विपन्न परिवारलाई ब्ल्याङकेट प्रदान

    बिजयखर्कका ५० विपन्न परिवारलाई ब्ल्याङकेट प्रदान


    • शुक्रवार, माघ १२ २०८०

    • नेपाल वाइड


    बिजयखर्कका ५० विपन्न परिवारलाई ब्ल्याङकेट प्रदान
    मुख्यमन्त्री केदार कार्कीमार्फत प्राप्त भएको व्ल्यांकेट वितरण गर्नुहुदै धर्मराज पोखरेल ।

    खोटाङ, १२ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका विपन्न परिवारलाई ब्ल्याङकेट वितरण गरिएको छ । राजनीतिकर्मी तथा समाजसेबी धर्मराज पोखरेल, राजकुमार पोखरेल र देवराज शर्माको पहलमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तोक आदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्राप्त भएको ५० थान व्ल्यांकेट बिजयखर्कका अति विपन्न परिवारलाई वितरण गरिएको हो ।

    नारायणप्रसाद पोखरेल स्मृति समाजले शुक्रबार स्थानीय जुरेथुम्का सामुदायीक वनको कार्यालय र भैरवेश्वर महादेव मन्दिरको प्रांगणमा आयोजना गरेको कार्यक्रममा विपन्न परिवारलाई ब्ल्याङकेट वितरण गरिएको हो । 

    14.jpg

    कार्यक्रममा राजनीतिकर्मी तथा समाजसेबी पोखरेल, वडाध्यक्ष रामबहादुर कटवाल, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री लगायतले विपन्नलाई ब्ल्यांकेट वितरण गरेका थिए ।वडा कार्यालयले छानेका ५० घर विपन्न परिवारलाई चिसो मौसममा जाडो छल्नका लागि ब्ल्याङकेट प्रदान गरिएको हो । केही समयपछि मुख्यामन्त्रीकै कार्यालयबाट त्रिपाल ल्याएर वितरण गर्ने योजना बनाइएको राजनीतिकर्मी तथा समाजसेबी पोखरेलले बताए ।

    विजयखर्कका समाजसेवी स्वर्गीय नारायणप्रसाद पोखरेलको तस्वीरमा माल्यर्पण गरेपछि विपन्नलाई ब्ल्याङकेट वितरण गरिएको थियो । ब्ल्याङकेट पाउने स्थानीय खुसीसाथ घर फर्किएका थिए ।ब्ल्याङकेट हस्तान्तरण कार्यक्रम नारायणप्रसाद पोखरेल स्मृति समाजका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा आयोजना गरिएको थियो ।

    जाडो याममा बाक्लो लुगा ओढ्न नसक्ने परिवारलाई लक्ष्यित गर्दै ब्ल्याङकेट प्रदान गरिएको स्मृति समाजका अध्यक्ष पोखरेलले बताए ।कार्यक्रममा राजनैतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    4addf7f5-e363-416d-bdc5-afabc8781636.jpg

    मुख्यमन्त्री केदार कार्कीमार्फत प्राप्त भएको व्ल्यांकेट वितरण गर्नुहुदै वडाध्यक्ष रामबहादुर कटवाल ।

    1.jpg

    मुख्यमन्त्री केदार कार्कीमार्फत प्राप्त भएको व्ल्यांकेट वितरण गर्नुहुदै पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री ।

    सम्बन्धित समाचार