शनिवार, माघ १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नगर समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य अशोक चौधरीको उपस्थितिमा माघ १२ गते भएको भेलामार्फत पर्शुराम थापा (आशिष)को संयोजकत्वमा रास्वपाको नगर समिति गठन गरिएको हो ।
रास्वपाको नगर समितिको सह–संयोजकमा चन्द्रकला परियार, सचिवमा बिजय मिश्र र कोषाध्यक्षमा जीवन ढकाल चयन भएका छन् । दिक्तेलबजारमा प्रदेश समितिका सभापति, महामन्त्री र जिल्लाका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुको उपस्थितिमा भएको कार्यक्रम मार्फत नगर समिति गठन गरिएको हो ।
सदस्यहरुमा भरत ढकाल, खगेन्द्र आचार्य, एकराज ढकाल, आनन्द खत्री, मन्जु घिमिरे रिजाल, टेकबहादुर बस्नेत, अन्जना आचार्य र चन्द्रकला दुलाल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।