Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु


    • शनिवार, माघ १३ २०८०

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु
    हलेसी तुवाचुङ नगरपालिकाद्धारा आयोजित चौथो नगरस्तरिय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन गर्नुहुदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ ।

    खोटाङ, १३ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगरस्तरिय चौथो अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु गरिएको छ । राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौट गर्नेगरी नगरपालिकाले अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आयोजना गरेको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नवनिर्मित साल्पा खेलमैदानमा शनिबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रमुख अतिथिका रुपमा नगरस्तरिय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता उद्घाटन गरेका हुन् ।

    माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा नगरभित्रका १२ वटा मावि र दुई वटा संस्थागत विद्यालयको सहभागिता रहेको नगरपालिकाका खेल संयोजक मिलन कसजुले बताए ।

    प्रतियोगीतामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, चार जनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चार जनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याभलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, कबड्डी र भलिबलमा एक/एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    कुल ३० स्वर्ण पदकका निम्ति छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विद्यार्थी प्रतिस्पर्धामा छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाण–पत्र तथा दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने खेल संयोजक कसजुले बताए ।

    प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित १० लाख खर्च गर्नेगरी राष्ट्रपति रनिङ शिल्ड सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताईन् ।

    प्रतियोगितामा सहभागी हुने विद्यालयलाई दुरीको आधारमा ३० हजारदेखि ५० हजारसम्म खर्च दिने तयारी गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा मेडल जित्ने तीन खेलाडीलाई प्रतियोगिता उद्घाटनको अवसरमा सम्मान गरिएको छ ।

    प्रतियोगिता उद्घाटनको अवसरमा लाखे नाच, संगिनी नाच र साकेला शिली प्रदर्शन गरिएको थियो । प्रतियोगीता मेयर राईको अध्यक्षतामा उद्घाटन गरिएको थियो । कार्यक्रममा उपमेयर रमेश राउत, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह लगायतको उपस्थिति रहेको थियो । प्रतियोगीताका कारण साल्पा खेलमैदान भरिभराउ देखिएको थियो ।

    2.jpg5.jpg4.jpg9.jpg10.jpg6.jpg3.jpg

    हलेसी तुवाचुङ नगरपालिकाद्धारा अर्खौलेमा आयोजित चौथो नगरस्तरिय अन्तर मावि राष्ट्रपति रनिङ शिल्क प्रतियोगीताका केही तस्बिरहरु ।

    सम्बन्धित समाचार