Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    माघ ७ गतेदेखि बेपत्ता तामाङ भीरमुनि मृत फेला

    माघ ७ गतेदेखि बेपत्ता तामाङ भीरमुनि मृत फेला


    • आइतवार, माघ १४ २०८०

    • नेपाल वाइड


    माघ ७ गतेदेखि बेपत्ता तामाङ भीरमुनि मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ, १४ माघ । खोटाङको बाराहापोखरी गाउँपालिका–१ बराहपोखरी डाँडाखर्कका ६४ वर्षीय राजमान तामाङ मृत फेला परेका छन् । माघ ७ गते घरबाट जानकारी नदिइ हिँडेर वेपत्ता बनेका तामाङ शनिबार भीरमुनि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    बेपत्ता तामाङको शव घरबाट करिब एक किलोमिटर उत्तरपुर्व पर्ने भडेडाँडा भीरभन्दा अन्दाजी सय मिटर तल फेला परेको थियो । घटनाको विषयमा जानकारी आउनासाथ प्रहरीचौकी बराहपोखरी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पुरा गरेर पोष्टमार्टमकालागि शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार