Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विदेश पठाउने बाहनामा ठगेको भन्दै मेनपावर र एजेन्ट विरुद्ध ४६ जनाको उजुरी

    विदेश पठाउने बाहनामा ठगेको भन्दै मेनपावर र एजेन्ट विरुद्ध ४६ जनाको उजुरी


    • सोमवार, माघ १५ २०८०

    • नेपाल वाइड


    विदेश पठाउने बाहनामा ठगेको भन्दै मेनपावर र एजेन्ट विरुद्ध ४६ जनाको उजुरी
    वैदेशिक रोजगार सम्वन्धी ठगी न्यूनीकरणमा प्रहरीको भूमिका विषयक अन्तरक्रीयामा सहभागी प्रहरी ।

    खोटाङ, १५ माघ । बैदेसिक रोजगारमा पठाउने बाहनामा मेनपावर र एजेन्टबाट खोटाङका ४६ जना ठगिएका छन् । २०७७ सालदेखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर वर्षौँसम्म विदेश नपठाएको’ भन्दै आप्रवासी श्रोत केन्द्र, दिक्तेलमा ४६ जनाको उजुरी परेको हो । ४६ जनाबाट मेनपावर र एजेन्टले १ करोड ५ लाख १३ हजार ठगी गरेको उजुरी परेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले बताए ।

    विदेश जाने नाममा मेनपावर र एजेन्टलाई पैसा दिएपनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पिडित आप्रवासी श्रोत केन्द्रमा पुगेका हुन् । डुबेको रकम फिर्ता लिनका लागि एजेन्ट र मेनपावर धाउँदाधाउँदा हत्तुहैरान भएका पिडितले अन्तिम विकल्पका रुपमा आप्रवासी श्रोत केन्द्रलाई गुहारेका हुन् ।

    प्राप्त उजुरीका आधारमा सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेसिक रोजगार विभागको पहलमा हालसम्म मेनपावर र एजेन्टबाट सम्वन्धित व्यक्तिलाई १० लाख ६८ हजार फिर्ता गराइसकिएको संयोजक राईले बताए ।

    वैदेशिक रोजगारीमा पठाउने बाहनामा ठगिमा परेको भन्दै चालु आर्थिक वर्ष मात्रै १५ जनाले उजुरी दिएका छन् । चालु आर्थिक वर्ष परेको १५ जना पिडितको उजुरीमा २३ लाख ४० हजार ५०० रुपैयाँ ठगि भएको उल्लेख छ । चालु आर्थिक बर्ष परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालयले १ लाख ५० हजार रुपैयाँ फिर्ता गराइसकेको संयोजक राईले बताए ।

    ‘वैदेसिक रोजगार सम्वन्धी ठगिमा पिडितहरुसँग आवश्यक प्रमाण नहुनु, ठगि गर्नेहरु जिल्ला वाहिरका हुनु जस्ता कारणले पिडित न्यायबाट बञ्चित छन्,’ राईले भने, ‘वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोवार सकेसम्म वैंकिंङ माध्ययबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुन्छ ।’

    कोशी प्रदेशको पहाडी जिल्लामध्ये खोटाङ सवैभन्दा बढि वैदेसिक रोजगारमा जानेको सूचीमा पर्छ । बैदेसिक रोजगारमा जानेहरुको संख्या बढेसँगै वैदेसिक रोजगारका समस्याहरु बढ्दै गएकाले स्थानीय सरकार लगायतका सरोकारवाला निकायले आप्रवासनलाई सुरक्षित बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेल बताउँछिन् ।

    बैदेसिक रोजगारीका सिलसिलामा ठगीका नयाँ–नयाँ शैली प्रयोग हुन थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रमको आयोजनामा माघ १४ गते दिक्तेलमा वैदेशिक रोजगार सम्वन्धी ठगी न्यूनीकरणमा प्रहरीको भूमिका विषयक अन्तरक्रीया गरिएको छ । कार्यक्रममा डिएसपी पुरुषोत्तम खड्काले पछिल्लो समय नयाँ–नयाँ तरिका र प्रकृयाबाट वैदेसिक रोजगार सम्वन्धी ठगिका घटनाहरु घटिरहेको उल्लेख गरेका छन् । 

    सम्बन्धित समाचार