Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी (फोटो फिचर)

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी (फोटो फिचर)


    • मंगलवार, माघ १६ २०८०

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी (फोटो फिचर)

    खोटाङ, १६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित हाँटडाँडामा दुईदिने कृषि तथा पशु मेला प्रदर्शनी आयोजना गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङ, कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त रुपमा सोमबार र मंगलबार आयोजजना गरेको कृषि तथा पशु मेला प्रदर्शनीमा कृषकहरु सम्मान गरेको छ ।

    विधागत रुपमा वालीतर्फका १३ र पशु विधागरी ४२ जना प्रथम, दोश्रो र तेश्रो तथा सहभागी अन्य २९ जना कृषक गरी ७२ जना कृषकहरुलाई सम्मान गरेको कृषि शाखा प्रमुख तेज प्रकास जैंशीले बताए । वालीतर्फ प्रथम हुने २ हजार ५००, दोश्रोले २ हजार, तेश्रोले १ हजार ५००, भैसीतर्फ प्रथम हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार ५०० र तेश्रो हुनेले २ हजारसहित घाँस काट्ने औजार पाएका छन् ।

    पशु विधा अन्तर्गत बाख्रातर्फ प्रथम हुनेले ३ हजार, दोश्रोले २ हजार ५००, तेश्रोले २ हजार नगद पुरस्कार र कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी अन्य २९ जनाले कृषकले यातायात खर्च र प्रमाणपत्र पाएका छन् । कृषकहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका विभिन्न वडाका वडाध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए ।

    1.jpg2.jpg4.jpg5.jpg6.jpg9.jpg7.jpg15.jpg18.jpg155.jpg199.jpg189.jpg11.jpg167.jpg23.jpg

    कृषि तथा पशु मेला प्रदर्शनीमा कृषकहरुले ल्याएका कृषिजन्य उपजहरु । तस्बिरहरुः दिनराज कार्की

    सम्बन्धित समाचार