Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरक्क सरकार छाडेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ कि त अपोजिसनमा बस्नुपर्छः डा. शर्मा

    सरक्क सरकार छाडेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ कि त अपोजिसनमा बस्नुपर्छः डा. शर्मा


    • बिहिवार, माघ १८ २०८०

    • नेपाल वाइड


    सरक्क सरकार छाडेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ कि त अपोजिसनमा बस्नुपर्छः डा. शर्मा
    नेपाल प्रेस युनियन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धाराणा राख्नुहुदै प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा ।

    खोटाङ, १८ माघ । नेपाली कांग्रेसका नेता एबं प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले माओवादीको नेतृत्वमा देशको समस्या हल गर्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले बिहिबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. शर्माले जनताको पक्षमा काम गर्न नसकेका कारण प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस बस्न नहुने धारणा राखेका छन् ।

    डा. शर्माले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने वा प्रतिपक्षी दलका रुपमा बस्नुपर्ने बताएका छन् । ‘यो सरकारले नेपाली जनताको पक्षमा काम गर्न सकेको छैन । त्यस कारण प्रचण्डको नेतृत्वमा कांग्रेस बस्नु हुँदैन,’ डा. शर्माले भने, ‘सरक्क यो सरकार छाडेर कि त कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ कि त अपोजिसनमा बस्नुपर्छ ।’ 

    dr. sunil sharma_press meet (ii).jpg

    कांग्रेसले एमाले वा डेमोक्रेटिक पार्टीसँग सहकार्य गर्न सक्ने शर्माको भनाई थियो । ‘अरुसँग मिलेर लिँदा भइहाल्यो नी ! माओवादीसँगै गठबन्धन हुनुपर्छ भन्ने के छ र ? उहाँहरुसँग चुनावसम्म गठबन्धन थियो, भयो । एकचोटी बिग्रियो, फेरी भयो,’ शर्माले भने, ‘राजीनीतिमा यस्तो हुन्छ । डेमोक्रेटिक सिस्टम हो, फेरी होला तर अहिले माओवादीको नेतृत्वमा यो कन्ट्रीको प्रोव्लम हल गर्न सकिन्न । यो कन्ट्री क्राइसिसमा छ ।’

    प्रतिनिधिसभा सदस्य शर्माले प्रचण्डले जुनसुकैबेला कांग्रेसलाई धोका दिन सक्ने दावी गरे । ‘यो गठबन्धन कांग्रेसका निम्ति फलिफाप छैन । गिरीजाबाबु र प्रचण्डलाई भेट गराउने मै हुँ । प्रचण्डले गिरीजाबाबुलाई पनि झुक्याएकै हो । चिटिङ गरेकै हो,’ शर्माले भने, ‘त्यस कारण प्रचण्डले कहिले ओलीलाई चिटिङ गर्छन्, कहिले गिरीजाबाबुलाई गरे, अहिले शेरबहादुर दाईलाई कुनबेला गर्छन् भन्ने टुंगो छैन ।’

    डा. शर्मा कोसी प्रदेशका विभिन्न जिल्लामा पार्टी संगठन, विकास निर्माणको अवस्था, समस्या, आवश्यकता लगायतका बारेमा अध्ययन गर्ने सिलसिलामा खोटाङ आइपुगेको कांग्रेस खोटाङका उपसभापति इवन राईले बताए । पत्रकार सम्मेलनमा कांग्रेस भोजपुरका सभापति एबं प्रदेश सांसद विनोद वान्तवा राई, धनकुटा सभापति दिनेश राई, मोरङका प्रतिनिधिसभा सदस्य मानबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार