Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोदोबाट स्वादिष्ट परिकार !

    कोदोबाट स्वादिष्ट परिकार !


    • शुक्रवार, माघ १९ २०८०

    • नेपाल वाइड


    कोदोबाट स्वादिष्ट परिकार !
    शुभम क्याफेमा कोदोको पिठोबाट तयार पारिएको मःम र बिस्कुट । तस्बीरः दमन राई

    खोटाङ, १९ माघ । पहाडी क्षेत्रका अधिकांश बारीमा कोदो खेती हुन्छ । तर अधिकांश कोदोको हिस्सा जाँड रक्सी उत्पादनमा प्रयोग हुन्छ । धेरैजसो होटल कोदोको तोङ्बा र तीनपाने रक्सीले धानिरहेका छन् ।

    कोदोको ढिँडो, रोटी, खोले, अपुंगा जस्ता परम्परागत खानेकुरा कमै मात्रामा बनाएर खाने चलन छ । कतिपयले कोदोलाई हेलाको दृष्टिकोणले हेर्छन् । तर हाल खेर गइरहेको कोदोको सदुपयोगका लागि खोटाङको शुभम फाउण्डेसनद्धारा सञ्चालित शुभम क्याफेमा कोदोको थरिथरिका परिकार बनाउन थालिएको छ ।

    परीक्षणको रुपमा कोदोको पिठोबाट बिस्कुट, मःम, नम्किन, डुनोट, केक, प्लेन केक लगायतका परिकार बनाउन थालिएको शुभम फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राई बताउँछन् । खाजा नास्ताका लागि क्याफेमा पुग्ने ग्राहकको रोजाइमा कोदोको परिकार पर्न थालेको छ ।

    कतिपय ग्राहक कोदोको परिकारको स्वाद चाख्न ‘सोधीखोजी’ गर्दै सो क्याफेमा पुग्ने गरेका छन् । दिक्तेलमा हुने कतिपय कार्यक्रममा मःम र बिस्कुटको माग आउन थालेको छ ।

    महिना दिनअघि जैविक विविधता केन्द्रले काठमाडौंमा रैथाने बालीको परिकार तयार पार्ने तालिम आयोजना गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकातर्फबाट सो तालिममा पठाइएका शुभम फाउण्डेसनका छात्र विकास राईले फर्किएर कोदोको परिकार बनाउन थालेका हुन् । उनले अन्य विद्यार्थीलाई पनि कोदोको परिकार बनाउन सिकाउने गरेका छन् ।

    कोदोको परिकार स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ तर हालसम्म मादक पदार्थ बनाउनमै कोदो प्रयोग भइरहेको छ । मादक पदार्थमा प्रयोग भइरहेको कोदोलाई स्वस्थकर खानाका रुपमा प्रयोग गर्ने/गराउने तथा कोदोको परिकारलाई व्यवसायीक रुपमा उत्पादन गर्ने लक्ष्यका साथ परीक्षण थालिएको कार्यकारी निर्देशक राई बताउँछन् ।

    खोटाङमा कोदो मकैपछिको दोश्रो खाद्यान्न बाली हो । जिल्लाका अधिकांश गाबिसमा कोदो उत्पादन हुने गरेको छ । किसानले मकैबारीभित्रै अन्तरबालीकारुपमा कोदो रोपेर फलाउने गरेका छन् ।

    कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाको १९ हजार १८४ हेक्टरमा कोदो खेती लगाउने गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा ३४ हजार १४६ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डित बताउँछन् । जवकी चालु आर्थिक वर्ष जिल्लामा मकै ७१ हजार ८१३ र धान २७ हजार २७९ मेट्रिक टन उत्पादन भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत कोदो र फापरलाई ब्राण्डिङदेखि मार्केटिङ गर्ने योजना बनाएको कृषि प्रसार अधिकृत तेजप्रकाश जैसी बताउँछन् । “परिकार विविधिकरणका लागि रैथानो बाली प्रवर्द्धन अन्तरगत संघीय सरकारबाट बजेट आएको छ,” जैसीले भने, “कोदो र फापरको ब्राण्डिङ गर्ने, प्याकेजिङ र मार्केटिङ गर्ने योजना बनाएका छौँ ।”

    finger wheat_kodo (i).jpgfinger wheat_kodo (iii).jpgfinger wheat_kodo (iv).jpgfinger wheat_kodo (vi).jpgfinger wheat_kodo (v).jpgfinger wheat_kodo (i).jpg

    शुभम क्याफेमा तयार पारिएको कोदोको मःम र बिस्कुटलगायतका परिकारहरु । तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार