Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुल्किएर झरेको मुढोले लाग्दा बालिकाको ज्यान गयो

    सुल्किएर झरेको मुढोले लाग्दा बालिकाको ज्यान गयो


    • आइतवार, माघ २१ २०८०

    • नेपाल वाइड


    सुल्किएर झरेको मुढोले लाग्दा बालिकाको ज्यान गयो
    सांकेतिक तस्बीर ।

    खोटाङ, २१ माघ । खोटाङमा दाउराको मुढोले किच्दा बालिकाको ज्यान गएको छ । दाउरा काट्का लागि आमासँग जंगलमा गएकोबेला माथिबाट खसेको दाउराको ठुटोले टाउकोमा हिर्काउँदा ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी साँढे चार वर्षकी आयुस्मा राईको मृत्यु भएको वडाध्यक्ष अरुण राईले बताए । सामुदायीक वनमा दाउरा काट्न खुला गरिएपछि शनिबार स्थानीय तीन ग्रुप दाउरा काट्न जंगल पुगेका थिए ।

    आमालाई पछ्याउँदै जंगल गएकी आयुस्मा सबैभन्दा पुछारको ग्रुपमा थिईन् । सिरान ग्रुपका एक स्थानीयले दाउरा काट्नेक्रममा सुल्किएर झरेको ठुटोले टाउकोमा लाग्दा खेलीरहेकी बालिका गम्भीर घाइते भएकी थिईन् । बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको स्थानीय भद्रकुमार राईले बताए । बालिकाको आइतबार पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार