Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षाको समस्या वारे अध्ययन गर्न नगरले गठन गर्‍यो शिक्षा सुधार कार्यदल

    शिक्षाको समस्या वारे अध्ययन गर्न नगरले गठन गर्‍यो शिक्षा सुधार कार्यदल


    • सोमवार, माघ २२ २०८०

    • नेपाल वाइड


    शिक्षाको समस्या वारे अध्ययन गर्न नगरले गठन गर्‍यो शिक्षा सुधार कार्यदल

    खोटाङ, २२ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षा सुधार कार्यदल गठन गरेको छ । १५ वडा रहेको नगरपालिकाभित्रका सामुदायीक विद्यालयको अवस्था, समस्या, आवश्यक्ता लगायतका बारेमा विस्तृत अध्ययनका लागि शैक्षिक अभियान्ता एबं जनजागृति माबि सोल्माका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईको संयोजकत्वमा सात सदस्यीय शिक्षा सुधार कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा प्रकाश श्रेष्ठ, कृष्ण बुढाथोकी, दिलीप खत्री, दमन राई र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख तीर्थ बिक छन् । यस्तै, नेपाल शिक्षक महासंघलाई एक सदस्यका रुपमा राखिएको छ ।

    गत माघ १८ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार गठन गरिएको कार्यदललाई आगामी फागुन मसान्तभित्र सामुदायीक विद्यालयको यथार्थ चित्र देखाउने विस्तृत खाका पेश गर्ने समय दिइएको छ । कार्यदलले तयार पारेको प्रतिबेदनको आधारमा नगरभित्रका सामुदायीक विद्यालयको शिक्षक तथा कर्मचारी दरबन्दी मिलान, नक्सांकन, मर्ज (समायोजन) एबं शिक्षा क्षेत्रमा देखिएको समस्या हल गर्ने योजना बनाइने मेयर तीर्थराज भट्टराईले बताए ।

    विद्यालयको अवस्थाका बारेमा अध्यन गर्नका लागि कार्यदलको टोली नगरका सबै वडाका विद्यालयमा पुग्नेछ । कार्यदल अध्ययन क्षेत्रमा जानुअघि नगरपालिकाले सोमबार शिक्षा सम्वद्ध संघसंगठनका प्रमुखको राय सल्लाह लिएको छ । शिक्षा सम्वद्ध संघसंगठनका प्रमुखका प्रमुखहरुले विद्यालयको भौतिक अवस्था, विद्यालयको समस्या, जनशक्ती, विद्यार्थी संख्या, भूगोल लगायतको विस्तृत अध्ययन गर्न सुझाव दिएका छन् । यस्तै, निजी स्कुलमा जाने विद्यार्थी संख्या, बसाई सराईको अवस्था, गाउँमा मान्छे नबस्नुको कारण, गाउँमै राख्ने वातावरण बनाउने उपाय लगायतका बारेमा अध्ययन गर्न सुझाव दिइएको छ । 

    सम्बन्धित समाचार