Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु

    रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु


    • बुधवार, माघ २४ २०८०

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु
    भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ ।

    खोटाङ, २४ माघ । खोटाङको रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु गरिएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा यसअघि बनेको ट्रस्ट भवन भत्काएर पक्की भवन निर्माण सुरु गरिएको हो ।

    एसई धुम एमकेएस जेभीले ४ करोड ७६ लाख १६ हजार ७९० रुपैयाँमा सम्पन्न गर्ने गरी गाउँपालिकाको भवन निर्माणको ठेक्का लिएको हो । ठेकेदार कम्पनीले ३० महिनाभित्र पुरा गर्नेगरी गत असोज २१ गते भवन निर्माणको सम्झौता गरेको थियो । भवन माघ २२ गते गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले शिलान्यास गरेका छन् ।

    गाउँपालिकाको केन्द्र हरमटार कायम भएपछि केही वर्ष व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो । त्यसको केही समयपछि निःशूल्क जग्गा जुटाएर ७६ लाखमा गाउँपालिकाको ट्रष्ट भवन निर्माण गरिएको थियो । सोही ट्रष्ट भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो ।

    हाल सभाहलको लागि निर्माण गरिएको भवनको कोठा बारेर गाउँपालिकाको कामकाज सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य शाखा भने व्यक्तिको घरको कोठा भाडामा लिएर राखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

    देश संघीय संरचनामा गएसँगै साविकको कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाबिसलाई समेटेर रावाबेँसी गाउँपालिका घोषणा गरिएको थियो । गाउँपालिकाको केन्द्र कायम भएसँगै हरम्टारमा बस्ती विकास हुन थालेको छ ।

    सम्बन्धित समाचार