Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक

    बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक


    • शनिवार, माघ २७ २०८०

    • नेपाल वाइड


    बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक
    केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको उपस्थितिमा खेल तालिका सार्वजनिक गर्दै बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईलगायत ।

    खोटाङ, २७ माघ । खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकपको १२ औं संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बाक्सिला फुटबल क्लवको आयोजनामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगामी फागुन २ गतेदेखि सञ्चालन हुने बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक खेल तालिका अनुसार फागुन २ गते दिउँसो २ बजे नेर्पा स्पोर्टस क्लव र बाहुनीडाँडा फुटबल क्लवबीच पहिलो खेल हुने छ ।

    यस्तै, फागुन ३ गते दिउँसो १.३० बजे खारम्बु स्पोर्टस क्ल्व र कटारी फुटबल क्लव, उदयपुर, फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव (ब्लु) तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव (रेड) बीच खेल हुने बाक्सिला फुटबल क्लवले जनाएको छ ।

    केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लगायतको उपस्थितिमा क्लवले खेल तालिका सार्वजनिक गरेको हो । मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि विगत १९ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण पृथ्बी माबि बाक्सिलाको खेलमैदानमा सञ्चालन गरिने बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले जानकारी दिए ।

    बाक्सिला फुटबल क्लवले जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी गरेको छ । प्रतियोगीतामा जिल्ला फुटबल संघमा आवद्ध चल्तीका क्लवहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइएको क्लवले जनाएको छ । प्रतियोगीता नोकआउट विधिबाट सञ्चालन गराइने छ ।

    प्रतियोगीताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई नगद ३० हजार र दोश्रो खेलमा पुगेर पराजय बेहोर्दै बाहिरिने टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिने क्लवका सचिव पवन श्रेष्ठले बताए । जिल्ला बाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चार जना खेलाडी भित्र्याउन पाउने छन् । चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीताको तयारी गरेको हो ।

    २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दैआएको छ । 

    सम्बन्धित समाचार