Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङकै प्रतिष्ठित बाक्सिला रनिङ गोल्डकप सुरु

    खोटाङकै प्रतिष्ठित बाक्सिला रनिङ गोल्डकप सुरु


    • बुधवार, फाल्गुण २ २०८०

    • नेपाल वाइड


    खोटाङकै प्रतिष्ठित बाक्सिला रनिङ गोल्डकप सुरु
    बाक्सिला रनिङ गोल्डकप उद्घाटनका क्रममा रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष समिर राई ।

    खोटाङ, २ फागुन । खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकप सुरु भएको छ । मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि २०६१ सालदेखि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण बुधबारदेखि सुरु गरिएको हो । बाक्सिला फुटबल क्लवको आयोजनामा सुरु गरिएको गोल्डकप केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले उद्घाटन गरेका हुन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माबिको खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा जिल्लाका आठ ठिमले प्रतिष्पर्धा गरिरहेका छन् ।

    बाक्सिला रनिङ गोल्डकपको उद्घाटन खेलमा नेर्पा स्पोर्टस क्लव नेर्पा विजयी भएको छ । टाईब्रेकरमा बाहुनीडाँडा फुटबल क्लवलाई हराउँदै नेर्पा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बाहुनीडाँडाले ४ गोल गर्दा नेर्पाले ५ गोल गरेको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले बताए ।

    फागुन ३ गते दिउँसो १.३० बजे खारम्बु स्पोर्टस क्ल्व र कटारी फुटबल क्लव, उदयपुरबीच खेल हुनेछ । यस्तै, फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव (ब्लु) तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव (रेड) बीच खेल हुने बाक्सिला फुटबल क्लवले जनाएको छ । प्रतियोगितामा विजेता बन्न सफल टिमले नगद २ लाख ५५ हजार २१२ र उपविजेताले १ लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन् । प्रतियोगीताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई नगद ३० हजार र दोश्रो खेलमा पुगेर जराजय बेहोर्दै बाहिरिने टिमलाई प्रतिटिम ६० हजार प्रदान गर्ने व्यवस्था मिलाइएको क्लवका सचिव पवन श्रेष्ठले बताए ।

    गोल्डकपमा जिल्ला फुटबल संघमा आवद्ध चल्तीका क्लवहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइएको छ । जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई अवशर मिल्नेगरी गोल्डकप आयोजना गरिएको बाक्सिला फुटबल क्लवले जनाएको छ ।

    baksila gold cup 2080 (i).jpeg

    २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दैआएको छ । चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीता आयोजना गरेको हो ।

    ११ औं बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुलबल क्लबले उचाल्दा सोल्मा स्पोर्ट क्लब सोल्मा उपविजेता बनेको थियो ।

    सम्बन्धित समाचार