Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कमा प्रधानाध्यपकका लागि क्षमता विकास तालिम

    ऐसेलुखर्कमा प्रधानाध्यपकका लागि क्षमता विकास तालिम


    • शुक्रवार, फाल्गुण ४ २०८०

    • नेपाल वाइड


    ऐसेलुखर्कमा प्रधानाध्यपकका लागि क्षमता विकास तालिम

    खोटाङ, ४ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सामुदायीक विद्यालयका प्रधानाध्यपकको क्षमता विकास तालिम आयोजना गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने उद्देश्यले जी–फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले प्रधानाध्यपकको क्षमता विकास तालिम आयोजना गरेको हो ।

    फागुन ३ र ४ गते आयोजना गरिएको तालिममा ऐसेलुखर्क गाउँपालिका–२, ऐसेलुखर्क गाउँपालिका–३ र ऐसेलुखर्क गाउँपालिका–७ का २० सामुदायीक विद्यालयका २० प्रअको सहभागीता रहेको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिए । तालिममा जी–फाउण्डेशनका बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले सहजिकरण गरेकी थिईन् ।

    प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको अध्यक्षता एवं ऐसेलुखर्क गाउँपालिकाका कार्यवाहक अध्यक्ष टेकेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा ऐसेलुखर्क गाउँपालिका–२ का वडाध्यक्ष नन्दकुमार तामाङ, जी फाउण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक श्याम नेपाल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

    प्रयास नेपालले ऐसेलुखर्क गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्न गुणस्तरिय शिक्षा, कृषि तथा पोषणमा सुधार गर्न कृषि तथा पोषणमा सुधार र विद्यालय भवन, खानेपानी र सिंचाई निर्माण लगायका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित समाचार