Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फागुन ५ गतेदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’, राष्ट्रपतिले उद्घाटन गर्ने

    फागुन ५ गतेदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’, राष्ट्रपतिले उद्घाटन गर्ने


    • शनिवार, फाल्गुण ५ २०८०

    • नेपाल वाइड


    फागुन ५ गतेदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’, राष्ट्रपतिले उद्घाटन गर्ने

    फागुन ५ गतेदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’, राष्ट्रपतिले उद्घाटन गर्ने
    काठमाडौं, ४ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ हुँदैछ । संसारभरि छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ गर्न लागेको हो ।

    कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ फागुन ५ गते १२.३० बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गर्ने तयारी गरिएको छ । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको तयारी पुरा भएको छ ।

    खोटाङको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । सोही मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी स्वदेश तथा विदेशका चित्रकारले बनाएको चित्रलाई काठमाडौं लगेर प्रदर्शन गर्न लागिएको हो । खोटाङमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीको श्रृंखलाकै रुपमा काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी बनेका नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारले बनाएका ११८ वटा चित्रलाई नेपाल कला परिषदमा प्रदर्शन गर्ने तयारी गरिएको छ । १८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर उतारेका लाइभ पेन्टिङलाई नेपाल कला परिषदमा प्रदर्शन गर्ने तयारी गरिएको उपमेयर बिसन राईले बताए । १२ दिनसम्म प्रदर्शनमा राखिएको चित्रलाई पुःन दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले पहिलो चरणको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा १८ लाख खर्च गरेको जानकारी दिएको छ । कतिपयले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।

    स्वदेस तथा बिदेशका ख्याती प्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्वन्धी ज्ञान आर्जन भएको, बिदेसी चित्रकारको मानसपटलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छाप बस्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको दावी गरिएको छ ।

    सम्बन्धित समाचार