Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा (एकीकृत समाजवादी) खोटाङको सचिवमा माइतीराज राई

    नेकपा (एकीकृत समाजवादी) खोटाङको सचिवमा माइतीराज राई


    • शनिवार, फाल्गुण ५ २०८०

    • नेपाल वाइड


    नेकपा (एकीकृत समाजवादी) खोटाङको सचिवमा माइतीराज राई

    खोटाङ, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) खोटाङका युवा नेता माइतीराज राईले जिल्ला सचिवको जिम्मेवारी पाएका छन् । हालसम्म नेकपा (एकीकृत समाजवादी)को जिल्ला उप–सचिवको भूमिकामा रहेका राईले सचिवको जिम्मेवारी पाएका हुन् । हालसम्मका सचिव राजनप्रसाद आचार्य उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटिको शनिबार बसेको बैठकले राईलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    सचिवको जिम्मेवारी पाएका राई २०७९ को स्थानीय तहको निर्वाचनमा केपिलासगढी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । कांग्रेसका समिर राई २ हजार २४४ मत पाएर विजयी हुँदा माइतीराजले १ हजार ८०८ मत पाएका थिए ।

    सम्बन्धित समाचार