Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    इकोनोमिक मिडिया एसोसिएसन नेपाल कोशी प्रदेशको अध्यक्षमा वाग्ले

    इकोनोमिक मिडिया एसोसिएसन नेपाल कोशी प्रदेशको अध्यक्षमा वाग्ले


    • मंगलवार, फाल्गुण ८ २०८०

    • नेपाल वाइड


    इकोनोमिक मिडिया एसोसिएसन नेपाल कोशी प्रदेशको अध्यक्षमा वाग्ले

    सुनसरी, ८ फागुन । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को कोशी प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक मिडिया सञ्चालकहरुको सोमबार इटहरीमा भएको प्रथम कोशी प्रदेश भेलाले नीति सञ्चार डटकमका सञ्चालक सञ्जिव वाग्लेको अध्यक्षतामा सर्वसम्मत प्रदेश कमिटि गठन गरेको हो । इमानको प्रदेश कमिटीमा उपाध्यक्ष दर्शन दैनिकका चिना थापा र टिका खतिवडा चयन भएका छन् ।

    यस्तै, सचिवमा पुर्वाञ्चल दैनिक डटकमका सुरेन्द्र भण्डारी, न्युजलय डटकमका कोषाध्यक्ष हिमाल दाहाल र सह–कोषाध्यक्ष राष्ट्रिय डेल्ली डटकमका दीपक कटुवाल सर्वसम्मत निर्वाचित भएका छन् ।

    इमानको सदस्यहरूमा कोशिपत्र दैनिकका योगेश बाबु काफ्ले, पालिका पेजका भिम चापागाईँ, सुनसरी अनलाइनका टोमराज मेहेता, होमबहादुर बस्नेत, नेपालवाइड डटकमका दमन राई, मदन गौतम र गणेश साम्पाङ निर्वाचित भएको निर्वाचन अधिकृत पवन अधिकारीले जानकारी दिए । इमानका पदाधिकारी एवं सदस्यहरुलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रमाण–पत्र प्रदान गरेकी थिईन् ।

    सम्बन्धित समाचार