Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तीन स्थानमा दिक्तेल बहुमुखी क्याम्पसको समुदायमा पहुँच कार्यक्रम

    तीन स्थानमा दिक्तेल बहुमुखी क्याम्पसको समुदायमा पहुँच कार्यक्रम


    • शनिवार, फाल्गुण १९ २०८०

    • नेपाल वाइड


    तीन स्थानमा दिक्तेल बहुमुखी क्याम्पसको समुदायमा पहुँच कार्यक्रम
    दिक्तेल बहुमुखी क्याम्पसले च्यास्मीटार माविमा आयोजना गरेको समुदायमा पहुँच कार्यक्रम ।

    खोटाङ, १९ फागुन । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले तीन माबिमा पुगेर समुदायमा पहुँच कार्यक्रम गरेको छ । बिश्व विद्यालय अनुदान आयोग (युजिसी)बाट पुस १९ गते क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको क्याम्पसले च्यास्मीटार माबि च्यास्मीटार, पञ्चावती माबि बुईपा र सरस्वती माबि पाथेकामा समुदायमा पहुँच कार्यक्रम गरेको हो । सामाजिक उत्तरदायित्व अन्तरगत क्याम्पसले माबि तहका विद्यार्थीलाई लक्षित गर्दै समुदायमा पहुँच कार्यक्रम गरेको हो ।

    क्याम्पस प्रमुख हिराकुमार राईको उपस्थितिमा गरिएको कार्यक्रममा सहभागी विद्यार्थीलाई जलवायु परिवर्तन, यौन दुव्र्यवहार र अनुसन्धानका साथै क्याम्पसको क्यूएए प्राप्ती एबं प्रगतीका बारेमा जानकारी दिइएको छ । तीन वटै माबिमा अनुसन्धानको आवश्यकताका बारेमा सहायक क्याम्पस प्रमुख एबं सह प्राध्यपक कृष्णबहादुर आठपहरिया, यौन शोषण र दुव्र्यवहारका बारेमा कार्यक्रम संयोजक सहायक प्राध्यपक कृष्णबहादुर थुलुङ, जलवायु परिवर्तन, असर र निराकरणका बारेमा सहायक प्राध्यपक लक्ष्मीकुमार राई तथा मौसम र हावापानीका बारेमा सहायक प्राध्यपक सुवासचन्द्र राईले सहजीकरण गरेका थिए ।

    यस्तै, क्याम्पसको क्यूएए प्राप्ती एबं प्रगतीका बारेमा जानकारी दिन विभिन्न स्थानमा कार्यक्रम गरिएको छ । क्याम्पसको प्रचार–प्रसारका लागि त्रिभुवन माबि ऐसेलुखर्क र माक्पा माबिमा उप प्राध्यपक लालप्रसाद घिमिरे र सहायक प्राध्यपक श्याम राई, पृथ्बी माबि बाक्सिलामा उप प्राध्यपक पदम विष्ट र सहायक प्राध्यपक रबिन सुनुवार, देउराली माबि डुम्रेधारापानी र बिश्वज्योती माबि लामीडाँडामा उपप्राध्यपक बिजय राई र सहायक प्राध्यपक देवकुमार राई पुगेका थिए ।

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सहायक प्राध्यपक मिनकुमार दाहाल र लक्ष्मीकुमार राई, साकेला गाउँपालिकामा सह प्राध्यपक हर्कबीर राई र सहायक प्राध्यपक कृष्ण गुरुङ, दोर्पाचिउरीडाँडामा उप प्राध्यपक बिमला राई र सहायक प्राध्यपक सञ्जिव थापा तथा कालिका माबि खार्मीमा कालिका मावि खार्मीमा क्याम्पस प्रमुख राई र सहायक प्राध्यपक पार्जुन राई पुगेका थिए ।

    २०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् ।

    सम्बन्धित समाचार