Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: टिफर र बाईक ठोक्किदा युवकको मृत्यु

    खोटाङ: टिफर र बाईक ठोक्किदा युवकको मृत्यु


    • आइतवार, फाल्गुण २० २०८०

    • नेपाल वाइड


    खोटाङ: टिफर र बाईक ठोक्किदा युवकको मृत्यु
    तस्बीरः यम एस किरात

    खोटाङ, २० फागुन । खोटाङमा टिफरसँग बाईक ठोक्किदा बाईकमा सवार युवकको मृत्यु भएको छ । दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरसँग स ९ प १२१२ नम्बरको बाईक ठोक्किँदा बाईकमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार देविटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा आइतबार टिफर र बाईक ठोक्किदा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताए । राई मंगलटारबाट हलेसीहुँदै दिक्तेल जानेक्रममा दुर्घटनामा परेका हुन् । मंगलटारका वडाध्यक्ष गन राईले पनि दुर्घटनामा टंकलको मृत्यु भएको बताए । घट्नाको विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित समाचार