Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अण्डर–२३ चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीतामा मात्तिम च्याम्पीयन

    अण्डर–२३ चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीतामा मात्तिम च्याम्पीयन


    • आइतवार, फाल्गुण २० २०८०

    • नेपाल वाइड


    अण्डर–२३ चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीतामा मात्तिम च्याम्पीयन
    तस्बीरः डार्विन राई

    खोटाङ, २० फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आयोजना गरिएको अण्डर–२३ चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीतामा साकेला गाउँपालिका–५ मात्तिम च्याम्पीयन बनेको छ । स्थानीय सोल्मा खेलमैदानमा आइतबार भएको फाइनल खेलमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेलाई पछि पार्दै मात्तिम च्याम्पीयन बनेको हो ।

    निर्धारित समयमा १–१ गोल भएपछि टाइब्रेकरमा सावाकटहरेले ५ गोल गर्दा मात्तिमले ६ गोल गरेको थियो । २०७० सालमा स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लवले सम्भावना बोकेका ‘जुनियर’ खेलाडीलाई लक्षित गर्दै फागुन १२ गतेदेखि अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता आयोजना गरेको हो ।

    प्रतियोगीतामा विजेता बन्न सफल मात्तिमले नगद १ लाख २२ हजार २२२ का साथमा शिल्ड, मेडल र प्रमाण–पत्र तथा उपविजेता बनेको सावाकटहरेले नगद ७१ हजार १११ का साथमा शिल्ड, मेडल र प्रमाण–पत्र हात पारेका छन् । यस्तै, सेमीफाइनलिष्ट बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई प्रतिटिम ३५ हजार ५५५ रुपैयाँ प्रदान गरिएको सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।

    १२ टिमले प्रतिष्पर्धा गरेको प्रतियोगीतामा अनुशासित टिम घोषित खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी र उत्कृष्ट खेलाडी मात्तिमका राहुल राईलाई छुट्टाछुट्टै ५ हजार ५५५ रुपैयाँ प्रदान गरिएको छ । यस्तै, बेष्ट किपर घोषित मात्तिमका उमेश थापा, बेष्ट डिफेन्डर सावाकटहरेका युवराज थापा, बेष्ट मिडफिल्डर सुविन खड्का, हाइ स्कोरर नेर्पाका बिकी राई, बेष्ट कोच मात्तिमका हिरन राई र राइजिङ प्लेयर मात्तिमका साहिल राईलाई जनही ३ हजार ३३३ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

    प्रतियोगीतामा विजेता टिम तथा खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगीता व्यानर झुण्ड्याइएको बेलुन उडाउँदै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गरेकी थिईन् ।

    football by solma sports club (ii).jpgखेलमा सहभागी भएवापत हरेक टिमलाई प्रोत्साहन स्वरुप ५ हजार, पहिलो चरणमा बिजयी हुने टिमलाई थप ४ हजार, दोश्रो चरणमा बिजयी हुँदा थप ५ हजार र तेश्रो चरणमा विजयी हुने मलाई थप ६ हजार प्रदान गर्ने व्यवस्था मिलाइएको थियो ।

    गाउँमा फुटबलको व्यवसायीक बिकासमा टेवा पुर्‍याउने उद्धेश्यकासाथ स्थानीयको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । यसपल्ट भने ‘जुनियर’ खेलाडी उत्पादन गर्ने र अवसर दिने लक्ष्यका साथ अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीता समापनको अवसरमा किरातकोसी डटकमका सम्पादक भीम राईलाई ५ हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुररस्कार प्रदान गरिएको छ ।

    सम्बन्धित समाचार