शुक्रवार, फाल्गुण २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ फागुन । अध्ययन एवं अवलोकन भ्रमणका क्रममा सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र ईचंगुनारायण नागार्जुन, काठमाडौंको टोली खोटाङ आइपुगेको छ । एक आपसमा अशल अभ्यासको अनुभव आदान–प्रदान गर्ने सिलसिलामा सामुदायीक सेवा केन्द्र ईचंगुनारायणको टोली बिहिबार दिक्तेल आइपुगेको हो । दिक्तेल आइपुगेका सामुदायीक सेवा केन्द्र ईचंगुनारायण र सामुदायीक सेवा केन्द्र खोटाङबीच परिचयत्मक तथा अन्तरक्रिया गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको कार्यक्रममा सामुदायीक सेवा केन्द्र ईचंगुनारायणकी महासचिव सरला श्रेष्ठले संस्थाको परिचयदेखि गरिरहेका सामाजिक गतिविधिका बारेमा जानकारी दिएकी थिईन् । यस्तै, सामुदायीक सेवा केन्द्र खोटाङको गतिविधिका बारेमा उपाध्यक्ष बुद्धिबिनोद लुइँटेलले जानकारी दिएका थिए ।

सामुदायीक सेवा केन्द्र ईचंगुनारायणका अध्यक्ष प्रताप दानीक नेतृत्वको टोली गत फागुन २४ गतेदेखि अध्ययन भ्रमणमा निस्किएका हुन् । कार्यक्रम सामुदायीक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खड्काको सभापतित्वमा भएको थियो । कार्यक्रममा डिएसपी पुरुषोत्तम खड्का लगायतको उपस्थिति रहेको थियो ।