Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु

    खोटाङका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु


    • मंगलवार, फाल्गुण २९ २०८०

    • नेपाल वाइड


    खोटाङका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु
    तस्बीरहरुः दमन राई

    खोटाङ, २९ फागुन । खोटाङका बालिबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु गरिएको छ । सन् २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकारको अभियान अन्तरगत खोटाङमा मंगलबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन थालिएको हो ।

    आगामी चैत ३ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा जिल्लाका ११ हजार ५१६ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाईजर सुरेन्द्रकुमार बुढाथोकीले बताए ।

    जिल्ला स्तरिय खोप समन्वय समितिको आयोजनामा सरस्वती आधारभुत विद्यालय दिक्तेलबाट खोप अभियान शुभारम्भ गरिएको छ । खोप अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम जिल्ला खोप समन्वय समिति संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतमा भएको थियो ।

    vaccine_dadura-rubela (iv).jpg

    अभियानका लागि जिल्लाका १० स्थानीय तहमा ३९७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । प्रतिखोप केन्द्र एक/एक जना खोप कार्यकर्ता खटाइएको छ । यस्तै, दुई/दुई जनाका दरले ७९४ स्वयंसेवक परिचालन गरिएको छ । खोप पाउनबाट छुट बच्चाको द्रुत सर्वेक्षणका लागि ३९५ जना जनशक्ती परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा रुबेलाबाट संक्रमित एक जनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोभिडभन्दा खतरनाक संक्रामक रोग मानिन्छ ।

    vaccine_dadura-rubela (vi).jpg

    स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ८७१, ऐसेलुखर्क गाउँपालिकाका ८३०, रावाबेँसी गाउँपालिकाका ७१७, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार ९६२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ९३१, साकेला गाउँपालिकाका ६८२, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ हजार ८२, खोटेहाङ गाउँपालिकाका ९७३, जन्तेढुंगा गाउँपालिकाका ७६९ र बाराहापोखरी गाउँपालिकाका ७०० जना बालबच्चालाई खोप दिने तयारी गरिएको छ ।

    नियमित खोप छुटेको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन सकिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौंलागाईले बताए ।

    vaccine_dadura-rubela (v).jpg

    दादुरा मिजल्स भाईरसको कारण अति छिटो सर्ने संक्रामक रोग हो । स्वास्थ्यकर्मीका अनुसार दादुरा–रुबेलाको संक्रमण भएको अवस्थामा बालबच्चालाई ज्वरो आउने, शरीरमा रातो विमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्न सक्छन् । 

    vaccine_dadura-rubela (xiii).jpg

    सम्बन्धित समाचार