Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जसपाका हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष राईले गरे पार्टी परित्याग

    जसपाका हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष राईले गरे पार्टी परित्याग


    • बिहिवार, चैत्र १ २०८०

    • नेपाल वाइड


    जसपाका हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष राईले गरे पार्टी परित्याग

    खोटाङ, १ चैत । जनता समाजवादी पार्टीको हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष मबिन्द्र राईले पार्टी परित्याग गरेका छन् । २०६९ सालदेखि तत्कादिन संघीय समाजवादी हुँदै जसपामा आइपुगेका नगर कमिटि अध्यक्ष राईले बिहिबार विज्ञाप्ती जारी गर्दै साधारण सदस्य समेत नरहेको घोषणा गरेका छन् ।

    पार्टीको सिद्धान्त र नीति सुन्दर र महान हुँदाहुँदै नेतृत्वको गलत कार्यशैली र सत्तालिप्सा देखेर पार्टीबाट अलग हुने निर्णयमा पुगेको राईले बताए । ‘पार्टीमा मनपरी हुन थाल्यो । कुर्सी पाए सत्तामा गइहाल्ने प्रवृत्ति बढ्यो,’ राईले भने, ‘जसपामा संघीयताको स र पहिचानको प पनि भेटिन छाड्यो । अन्य नेताहरुले पनि पार्टी छाड्ने तयारी गर्दैहुनुहुन्छ ।’

    नगर कमिटि अध्यक्ष बन्नुअघि राईले तत्कालिन संघीय समाजवादीका जिल्ला सह–सचिव, तदर्थ सहित तीन कार्यकाल जिल्ला सदस्य, संघीय साँस्कृतिक महासंघको केन्द्रीय सदस्यमा काम गरेका थिए ।

    सम्बन्धित समाचार