Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका ठाउँ ठाउँमा डढेलो, चार घर जल्दा लाखौंको क्षती

    खोटाङका ठाउँ ठाउँमा डढेलो, चार घर जल्दा लाखौंको क्षती


    • शनिवार, चैत्र ३ २०८०

    • नेपाल वाइड


    खोटाङका ठाउँ ठाउँमा डढेलो, चार घर जल्दा लाखौंको क्षती
    धितुङमा डढेलोले जलेको घर ।

    खोटाङ, ३ चैत । डढेलोले खोटाङमा चार घर जलेको छ । सामुदायीक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिकामा दुई घर र ऐसेलुखर्क गाउँपालिकामा दुई घर जलेको हो ।

    स्थानीय राते खोला सामुदायीक वनमा लागेको डढेलोले शनिबार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमायाँ राईको घर र गोठ, देवराज राईको मुन्डा घर र दुई वटा गोठ तथा ईश्वरमायाँ राईको गोठ जलेको हो । यस्तै, दुधकोसी जलविद्युत आयोजनाको १० ड्रम डिजेल जलेर नष्ट भएको छ ।

    यस्तै, सतिदेवी र खेमकाजी सामुदायीक वनमा डढेलोले ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताए । सोही ठाउँका युवराज राईको गाई गोठ र बाख्रा खोर लगायत जलेको छ ।

    डढेलोले ज्ञानमायाँको घर सहित ३ वटा खसी, ५ वटा बाख्रा, १ वटा गोरु, एक थाँक्रो मकै, १० मुरी धान, १० वटा कुखुरा, ५ मुरी दाल, कोदो र गहत, ६० थान काठ, भाँडाकुँडा, लत्ताकपडा जलेको छ । देवराजको घर सहित चार वटा खसी, एउटा बाख्रा, ६ वटा पाठापाठी, ८ मुरी मकै, ५० थान काठ जलेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए । वडाध्यक्ष राईका अनुसार ईश्वरमायाँ गोठ सहित घाँसपात, काठपात लगायत जलेको छ ।

    यस्तै, ज्यामिरेका खुतप्रसादको घर सहित खाद्यान्न, लत्ताकपडा, कागज–पत्र, १५ वटा कुखुरा जल्दा २० लाख बराबरको क्षती भएको छ । बुद्धिनाथको घर सहित भाँडाकुँडा, लत्ताकपडा, ६० वटा बाख्रा लगायत जलेको प्रहरीले जनाएको छ । युवराजको गाई गोठ र बाख्रा खोर सहित भाँडाकुँडा, ६० थान काठ, १० थान जस्ता जल्दा २ लाख बराबरको क्षती भएको छ । हप्ता दिन यता जिल्लाका विभिन्न जंगलमा डढेलो लागिरहेको छ ।

    सम्बन्धित समाचार