Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिसस सदस्य राईले बाँडिन् बेसारको बीउ

    जिसस सदस्य राईले बाँडिन् बेसारको बीउ


    • आइतवार, चैत्र ४ २०८०

    • नेपाल वाइड


    जिसस सदस्य राईले बाँडिन् बेसारको बीउ

    खोटाङ, ४ चैत । जिल्ला समन्वय समिति खोटाङका सदस्य दिलकुमारी राईले आफ्नो गाउँका किसानलाई बेसारको बीउ निःशुल्क बाँडेकी छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा निवासी राईले स्थानीय डाँडागैरी वित्तीय समुहमा आवद्ध किसानलाई बेसारको १३३ केजी बीउ निःशुल्क प्रदान गरेकी हुन् । बाँझिएको जग्गामा बेसार खेती गर्दै आर्थिक उपार्जनका लागि वित्तीय समुहमा आवद्ध स्थानीयलाई बेसारको बीउ प्रदान गरेको जिल्ला समन्वय समिति राईले बताईन् ।

    वित्तीय समुहमा खार्ताम्ताका ३३ जना आवद्ध छन् । समुहले बाँझिदै गएको जग्गामा बेसार खेती गर्ने निर्णय गरेसँगै राईले हौसला स्वरुप बेसारको बीउ उपलव्ध गराएकी हुन् । ‘गाउँमा बाँझो जग्गा धेरै भए । त्यस्ता जग्गामा बेसार खेती गर्न सकिन्छ । बजारमा लगेर आम्दानी गर्न सकिन्छ भनेर सल्लाह दिएको थिएँ,’ राईले भनिन्, ‘तर कसैले बीउ किन्ने पैसा छैन भने, कसैले बीउ छैन भनेकाले व्यक्तीगत रुपमा बेसारको बीउ बाँडेकी हुँ ।’ 

    सम्बन्धित समाचार