Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सडक स्तरोन्नी एबं मर्मतका लागि पहल गर्न रास्वपाको माग

    सडक स्तरोन्नी एबं मर्मतका लागि पहल गर्न रास्वपाको माग


    • आइतवार, चैत्र ४ २०८०

    • नेपाल वाइड


    सडक स्तरोन्नी एबं मर्मतका लागि पहल गर्न रास्वपाको माग

    खोटाङ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगर समितिले सडक स्तरोन्नी एबं मर्मतको कामलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई आइतबार ज्ञापन–पत्र बुझाउँदै रास्वपाले दिक्तेल अस्पताल–साप्सु खोला सडक, दिक्तेल बजारको शान्ति–सल्लेरी–त्रिबेणीचोक हुँदै भानुचोक पुग्ने सडक स्तरोन्नतीको कामलाई अघि बढाउनका लागि पहल गर्न माग गरेको छ ।

    यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको बाँकी खण्ड कालोपत्रेको काम पुरा गर्नका लागि संघीय सरकार समक्ष पहल गर्न आग्रह गरिएको छ । रास्वपाको नगर समिति संयोजक पर्शुराम थापा (आशिष)ले बुझाएको ज्ञापन–पत्रमा आम नागरिकको हितलाई मध्यनजर गर्दै नगरपालिकाभित्रका १५ वडा जोड्ने मुख्य सडकलाई वर्षा याम सुरु नहुँदै ग्राभेलिङ, ढलान एबं स्तरोन्नतीका लागि ध्यानाकर्षण गराइएको छ ।

    सडक स्तरोन्नती एबं मर्मतको काममा रचनात्मक सहयोग रहने रास्वपाले जनाएको छ । दिक्तेल अस्पताल–साप्सु खोला सडक स्तरोन्नती आयोजना कटौती भइसकेको तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकको सेखुवा–चखेवा खण्डको ठेक्का तोड्ने निर्णय भइसकेको अवस्थामा रास्वपाले तिनै सडक खण्डको काम पुःन अघि बढाउनका लागि भूमिका निर्वाह गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो ।

    सम्बन्धित समाचार