बिहिवार, चैत्र ८ २०८०
नेपाल वाइड
खोटाङ, ८ चैत । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम वडा कार्यालयले सामुदायीक विद्यालयका विद्यार्थी र शिक्षकलाई ट्र्याक सुट र टि–सर्ट प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को सात लाख वडागत सिलिङबाट वडा कार्यालयले चार वटा सामुदायीक विद्यालयका ४५० विद्यार्थी र ४० शिक्षकलाई ट्र्याकसुट र टि–सर्ट प्रदान गरेको हो ।
सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई ट्र्याकसुट र टि–सर्ट प्रदान गरिएको वडाध्यक्ष जीवन न्यौपानेले बताए । कार्यक्रम साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको थियो ।