बिहिवार, चैत्र ८ २०८०
नेपाल वाइड
खोटाङ, ८ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बासबोटेकी शिक्षिका कञ्चन आचार्यले जन्मदिनमा बिद्यालयलाई पुस्तक प्रदान गरेकी छन् । शिक्षिका आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार आफै कार्यरत विद्यालयलाई साहित्य, सामान्य ज्ञान, व्याकरण लगायत सम्वन्धी ६५ थान पुस्तक प्रदान गरेकी हुन् ।
जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने विकृति बढिरहेकाबेला शिक्षिका आचार्यले भने विद्यालयलाई पुस्तक प्रदान गर्दै जन्मदिन मनाएकी हुन् । शिक्षिका आचार्यले विगतका वर्ष पनि आफ्नो जन्मदिनमा विद्यालयलाई पुस्तक प्रदान गर्दैआएकी बताएकी छन् । श्रीमाबिको आफ्नै पुस्तकालय छ । सो विद्यालयका अन्य कतिपय शिक्षकले पनि आफ्नो जन्मदिनमा विद्यालयलाई पुस्तक प्रदान गर्ने गरेका छन् ।