Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनार्दन शर्माले उद्घाटन गरे ‘दीलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन

    जनार्दन शर्माले उद्घाटन गरे ‘दीलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन


    • शनिवार, चैत्र १० २०८०

    • नेपाल वाइड


    जनार्दन शर्माले उद्घाटन गरे ‘दीलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन
    तस्बीरः राजकुमार भट्टराई

    खोटाङ, १० चैत । खोटाङको दिक्तेलबजारमा निर्माण गरिएको ‘दीलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटन गरिएको छ । दिक्तेलको भवनगैरास्थित प्रतिष्ठानको ६ आना जग्गामा निर्माण गरिएको चार तले पक्की भवन शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा नेपाल सरकारका पूर्वअर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।

    प्रदेश सरबारबाट विभिन्न आर्थिक वर्ष प्राप्त भएको एक करोड ५० लाखमा ठेक्कामार्फत प्रतिष्ठानको भवन निर्माण गरिएको हो । नेता शर्माले प्रतिष्ठानको सोही भवनमा स्थापना गरिएको पुस्तकालय पनि उद्घाटन गरेका छन् ।

    भवन निर्माणका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारबाट २० लाख, आर्थिक वर्ष २०७६/०७७ मा एक करोड २० लाख र आर्थिक वर्ष २०७८/०७९ मा १० लाख विनियोजन भएको थियो ।

    भवन तत्कालीन प्रदेशसभा सदस्य (हाल वर्तमान प्रतिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, शहीद माता जयन्तादेवी कार्की र शहीद पत्नी शान्ति श्रेष्ठले २०७५ पुस २७ गते संयुक्तरूपमा शिलान्यास गरेका थिए । भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको कार्यालय समेत राखिएको छ ।

    dilkaji-thul kumar building (i).jpg

    भवनको माथिल्लो तलामा ट्रस, कुर्सी, टेबल, पुस्तकालय लगायतको व्यवस्थापनलागि आर्थिक वर्ष २०८९/०८० मा प्रदेश सरकारबाट ७५ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आर्थिक वर्ष २०७९/०८० मा १० लाख प्राप्त भएको थियो ।

    प्रदेशबाट प्राप्त बजेटले भवनको माथिल्लो तलामा ट्रस निर्माण गर्नुका साथै कुर्सी र टेबल खरिद, भवन रंगरोगन, तीन लाखको पुस्तक खरिद, दुई लाख ५० हजारको पुस्तक प्रकाशन गरिएको ‘दीलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’का अध्यक्ष सुरेश राईले बताए ।

    यस्तै, भिडियो कडुमेन्ट्री निर्माण, दुई थान ल्यापटप, एक थान क्यामेरा र एक वटा प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । यस्तै, द्धन्द्धपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षेण तथा प्रतिष्ठानको वेबसाइट निर्माणमा खर्च गरिएको छ ।

    नगरपालिकाबाट प्राप्त रकमबाट द्धन्द्धपीडितको जीविपोर्जनका लागि नगरपालिकाभित्र रहेका २५ जना द्धन्द्धपीडितलाई जनही १५ हजारका दरले प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार