मंगलवार, चैत्र १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ चैत । खोटाङमा चट्याङ लागेर दुई वटा पाडी मरेका छन् । सोमबार राती वर्षासँगै परेको चट्याङले लाग्दा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ निगालाबासका कर्णबहादुर राईको गोठमा बाँधेर राखिएको दुई वटा पाडी मरेको हो ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको टोली मंगलबार घट्नास्थल पुग्दा भैंसीको दुई वटा पाडी मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।