Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै सिअहेव पोखरेलले जन्मदिन मनाए

    विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै सिअहेव पोखरेलले जन्मदिन मनाए


    • मंगलवार, चैत्र १३ २०८०

    • नेपाल वाइड


    विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै सिअहेव पोखरेलले जन्मदिन मनाए

    खोटाङ, १३ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा कार्यरत सिअहेव पवनराज पोखरेलले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै जन्मदिन मनाएका छन् । फजुल खर्च गरेर देखासिकी गर्दै जन्मदिन मनाउने परिपार्टी विपरित सिअहेव पोखेरलले मंगलबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको जनज्योती आधारभुत विद्यालय खुटामा अध्ययनरत छात्र/छात्रालाई शैक्षिक सामग्री बाँड्दै जन्मदिन मनाएका हुन् ।

    पोखरेलले जन्मदिनको अवसरमा विद्यालयमा पुगेर ५२ छात्र/छात्रालाई झोला, कापी र डटपेन प्रदान गरेका छन् । विद्यार्थीको घट्दो संख्या, भौगोलिक अवस्था र सामाजिक अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीलाई शैक्षिक सामग्री बाँडेको सिअहेव पोखरेलले बताए । पोखरेलले सामुदायीक विद्यालयप्रतिको आकर्षण बढाउनका लागि विद्यार्थीलाई शैक्षिक सामग्री बाँडेर जन्मदिन मनाएका हुन् ।

    गाउँपालिका अध्यक्ष अरुणादेबी राई, उपाध्यक्ष खेमबहादुर खड्का लगायतले विद्यार्थीलाई झोला, कापी र डटपेन हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य मोहन राई, वडाध्यक्ष धनबहादुर राई र बिदुरमान राई, विव्यास अध्यक्ष निरकुमार श्रेष्ठ, समाजसेजी तिलक बस्नेत, देवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

    जन्मदिनको अवसरमा सिअहेव पोखरेलले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आएका बिरामीलाई चिया र बिस्कुट खुवाएका थिए ।

    सम्बन्धित समाचार