शुक्रवार, चैत्र १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ चैत । नेकपा एमाले भोजपुरको नवौं जिल्ला अधिबेसन बैसाख ३ र ४ गते गर्ने निर्णय गरिएको छ । एमाले जिल्ला कमिटिको दशौं पूर्ण बैठकले अधिबेसनको मिति तय गरेको हो । एमालेले शुक्रबार विज्ञाप्ती जारी गर्दै भोजपुर नगरपालिकाको सभाहलमा अधिबेसन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।
अधिबेसन सम्पन्न गर्नका लागि जिल्ला कमिटि अध्यक्ष शरणकुमार राईको अध्यक्षतामा मुल अधिवेशन आयोजक कमिटि गठन गरिएको छ । मुल अधिवेशन आयोजक कमिटिमा जिल्ला कमिटिका पदाधिकारी, जिल्ला कमिटि सदस्य, ९ वटै स्थानीय तहका इन्चार्ज र भोजपुर नगर कमिटि अध्यक्षलाई समेटिएको प्रचार विभाग संयोजक एक्सन राईले जानकारी दिए ।
यस्तै, अध्यक्ष राईकै संयोजकत्वमा राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, रमादेबी राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति र ध्यानबहादुर राउतको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।
नविन प्रधानको संयोजकत्वमा खाना आवास समिति, एक्सन राईको संयोजकत्वमा प्रचार विभाग, इन्द्र थापाको संयोजकत्वमा आर्थिक संकलन समिति र रेवतीरमण थापाको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको छ ।
अधिबेसनबाट नेतृत्व छनौट गर्नका लागि तिर्थकुमार राईको संयोजकत्वमा उत्तमसिं राई, दावा तेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई र सम्झना प्रधान सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
अधिवेशमा जिल्लाभरीका ८१ वडा, १८ वटा जनसंगठनबाट करिब ६ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।